११ भदौ, चितवन – शहरी क्षेत्रमा हर्न निषेधित क्षेत्र घोषणा भइसकेपछि हर्न बजाउने १७२ जनालाई कारबाही गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख सन्तोष पन्तका अनुसार यही भदौ १ गतेदेखि भरतपुर महानगरपालिकाको चक्रपथ क्षेत्रलाई हर्न निषेधित क्षेत्र घोषणा गरिएको छ ।
सो क्षेत्र घोषणा गरिएसँगै ट्राफिक प्रहरीले एक हजार १५५ जनालाई सम्झाइबुझाइ पठाएको छ भने ५५७ जनाको प्रेसर हर्न नियन्त्रणमा लिएको छ ।
सोही क्रममा दुई हजारप्रति प्रचारप्रसारका सामग्री वितरण गरिएको छ । काठमाडाै र पोखरापछि चितवनको भरतपुर केन्द्रीय बस टर्मिनल, चौबीसकोठी, नारायणगढ बजार हाइवे, आँपटारी र बाइपास सडक खण्डमा संकटकालीन अवस्थामा बाहेक हर्न निषेध गर्ने निर्णय भएको छ । भित्री सडकमा पनि हर्न निषेधित क्षेत्र घोषणा गरिएको हो ।
चर्को आवाजका कारण स्वास्थ्यमा प्रत्यक्ष असर परेकाले सवारी साधनले हर्न बजाउन नपाउने गरी निर्णय गरिएको हो । निषेधित ठाउँमा हर्न बजाएमा पहिलो पटकलाई रु पाँच सय, दोस्रो पटकलाई रु एक हजार र तेस्रो पटकका लागि एक हजार पाँच सय जरिवाना असुल गरिने छ ।
काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका
असोज, ३ काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी
काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार
काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले
काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट
पीपुल नेपाल सम्बादाता भाद्र १४, काठमाडौँ । भोटेकोशीमा गत बुधबार बिहान आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन