ओली : देउवाले देशको शीर निहुर्‍याए (भिडियो)

९ भदौ, काठमाडौं – भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको अभिव्यक्तिले देशको शीर निहुरिएको टिप्पणी प्रमुख विपक्षी दलका नेताले गरेका छन् ।

kp-oli-2_x3FfaRxzysएमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधनलाई लिएर देउवा भारतीय समकक्षीसामू ‘गिडगिडाएको’ आरोप लगाए । नियमित उपचारका लागि बैकक जाने क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै ओलीले देउवाको चर्को आलोचना गरे ।

 

देउवाले मोदीलाई संविधान संशोधन गर्ने बचन दिएकोमा असन्तुष्टि जनाउँदै ओलीले भने, ‘संसदले गरेको फैसलालाई धज्जी उडाउनु भएको छ । गिडगिडाएर क्षमायाचनाको भाषामा भन्नु भएको छ, प्रभु मैले कोसिस गरेको थिएँ तर सकिँन ।’

देउवाले देशको स्वाभिमानको वास्ता नगरेको र असान्दर्भिक रुपमा संविधान संशोधनको विषय ल्याएको उनको आरोप छ । उहाँको हाउभाउ, अभिव्यक्ति, उहाँले प्रस्तुत गरेका विषयबस्तुले देशकै शीर निहुरिएको छ’ ओलीले भने ।

बिहीबार हैदराबाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले दुई तिहाई पुर्‍याएर संविधान संशोधन गर्ने बचन दिएका थिए ।

एमाले अध्यक्ष ओलीले बाढी, पहिरो तथा डुबान पीडितहरुको राहत, उद्धार र पुनस्र्थापनालाई अझै प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि