बर्दिया – बाढीका कारण बिरामी भएका तीन जना बालबालिकाको उपचार नपाएर मृत्यु भएको छ ।
मृत्यु हुनेमा,
-बारबर्दिया नगरपालिका २ ढुंग्रहीका धरबहादुर थारुकी ९ बर्षीया छोरी अनिता,
-बारबर्दिया नगरपालिका ५ धोबियागाउँका प्रदीप चौधरीका २१ दिनका छोरा अविल र,
-गुलरिया नपा ४ बिचैपुरका अर्जुन श्रेष्ठका ३ बर्षकी छोरी कृष्टि रहेका छन् ।
अनिता साउन २७ गतेदेखिको अविरल बर्षाबाट आएको बाढीका क्रममा भिजेर ज्वरो आउने र उल्टी गरिरहेको अवस्थामा बाटो अबरुद्ध रहेका कारण स्वास्थ्य संस्थामा लैजान नसकेको र ३२ गते मृत्यु भएको बाबु धनबहादुरले बताए ।
२१ दिनका बालक अविलसाउन २१ गते आएको बाढीले घर डुबानमा परेपछि सुरक्षित स्थानमा अन्य परिवार र सामानसहित बच्चालाई पनि साथमा लिएर भाग्ने क्रममा बच्चा पानीमा खसी डुबेको थियो । तत्कालै बच्चालाई पानीबाट निकालिएको भएपनि पछि पानीमा भिजेका कारण ज्वरो आउनुका साथै श्वासप्रश्वासमा समस्या भई साउन ३१ गते मृत्यु भएको उनका बाबुले बताए ।
कृष्टिपनि ज्वरो आउने र वान्ता गर्ने गरेकी थिइन् । बेचैपुर गाउँबाट अस्पताल ल्याउन बबई नदीमा आएको बाढीले जलमग्न भएको र हिँडेर वा अन्य कुनै बाटोबाट सम्भव नभएको बताइएको छ ।
काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका
असोज, ३ काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी
काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार
काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले
काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट
पीपुल नेपाल सम्बादाता भाद्र १४, काठमाडौँ । भोटेकोशीमा गत बुधबार बिहान आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन