प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार भएको छलफलमा प्रदेश र संघका दुईवटै निर्वाचन एकैपटक गर्न प्रमुख तीन राजनीतिक दल र निर्वाचन आयोग सहमत भएका छन् । आयोगले हिउँदमा हिउँ पर्ने हिमाली क्षेत्रका ३१ जिल्लामा ४ मंसिरमा र बाँकी जिल्लामा लगत्तै निर्वाचन गर्ने प्रस्ताव दलसामु राखेको समाचारमा जनाइएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबारसम्ममा निर्वाचन मितिको टुंगो लगाइसक्ने बताएका पनि समाचारमा उल्लेख छ ।
समाचारअनुसार एकैपटक निर्वाचन गर्नका लागि निर्वाचन आयोगले केही सर्त अगाडि सारेको छ । मुख्य समाचारअन्तर्गत नै ‘एकैपटक निर्वाचनका लागि आयोगका सर्त’ उपशीर्षकको अर्को समाचारमा जनाइएअनुसार तीन दलसँगको बैठकमा प्रमुख निर्वाचन आयुक्त डा.अयोधीप्रसाद यादवले भदौ ५ भित्र निर्वाचन ऐन ल्याइदिन र भदौ १५ भित्र क्षेत्र निर्धारण गरिदिन आग्रह गरेका थिए ।अन्नपूर्ण पोस्टमा ‘तीन दल–आयोग छलफल, प्रदेश र संघीय चुनाव दुई चरणमा’ शीर्षक दिएर चिरञ्जीवी ढुंगानाले लेखेको समाचारमा एकै दिन दुवै निर्वाचन गर्ने गरी सरकारले आइतबारसम्म मिति घोषणा गर्ने उल्लेख छ ।
अन्नपूर्ण पोस्टमा नेकपा (एमाले) नेता सुवास नेम्बाङले दुई चरणमा मतदान हुने भए पनि मतगणना भने दोस्रो मतदान सकिएपछि मात्र सुरु गर्न आयोगले प्रस्ताव गरेको बताएका छन् । कान्तिपुरमा ‘आयोगको प्रस्ताव, चुनाव दुई चरणमा’ शीर्षक दिएर दुर्गा खनाल र राजेश मिश्रले लेखेको समाचारअन्तर्गत ‘२ मतपत्र, ४ छाप’ उपशीर्षकमा दलहरू र आयोगबीच भएको समझदारीअनुसार प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा प्रत्यक्ष र समानुपातिकका छुट्टाछुट्टै गरी दुइटा मतपत्र हुने तर छाप भने चार ठाउँमा लगाउनुपर्ने उल्लेख छ ।
तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद
तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा
फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल
काठमाडौं, फागुन २० — राष्ट्रिय सुरक्षा परिषद्ले प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष, भयरहित, शान्तिपूर्ण र त्रुटिरहित ढंगबाट सम्पन्न
काठमाडौं, फागुन १७ — केपी शर्मा ओलीले मतदातालाई देशको पक्षमा स्पष्ट निर्णय लिन आग्रह गरेका