August 11, 2017

डाक्टरको भेषमा दलालको विगविगी, हरेक अस्पतालमा एजेण्ट राख्दै ग्राण्डिको लुट

काठमाडौं । नेपालमा अन्तराष्ट्रिय स्तरको स्वास्थ्य सेवा उपलब्ध गराउने गफ चुटेर स्थापित भएको गुणस्तर भन्दा प्रचारप्रसारमा समय खर्चेर सर्वसाधारणको जनधन माथि खेलवाद गर्ने ग्राण्डि इन्टरनेशनल हस्पिटलको ठगीको थप कर्तुत तीव्रखबरलाई प्राप्त भएको छ ।

कम तलवका अयोग्य डाक्टरहरु राखी विरामीको स्वास्थ्य माथि खेलवाड गर्दै आएको सो अस्पतालमा दलाल एजेण्टको भरमा विरामीहरु रिफर गर्न लगाई महंगो शुल्क लिएर भर्ना गर्न लगाउने र उपचारको समयमा डाक्टरहरु बिरामीको रोग प्रति अनभिज्ञ बन्ने गरेको त पुरानै चर्चा हो । तर बिरामीको स्वास्थ्य स्थिति ठिक छ या छैन, भनेर साधेको मात्र पनि ‘इन्भेष्टिगेसन चार्ज’ भन्दै प्रत्येक्ष ठगी गर्ने गरेको छ । उक्त अस्पतालमा बिना उपचार बिरामीलाई ठगी गरेपनि मानवीय हिसाबले अस्पतालको कर्तुत बिरुद्ध बोल्ने कर्मचारीहरुलाई धमाधम निकाल्न थालेको स्रोतले बताएको छ । आफुलाई पुग्ने जति रकम लिइसकेपछि यस अस्पतालमा बाँकी उपचार हुन नसक्ने भन्दै बिरामीको बिचल्ली बनाउने उक्त अस्पतालको ठगीको थप प्रमाण तीब्रखबर डटकमलाई प्राप्त भएको छ । हुन त, उक्त अस्पतालका ठगी प्रकरणका फेहरिस्तहरु हामीसंग धेरै छन् ।

विभिन्न अस्पतालमा डाक्टरको भेषमा ग्राण्डिले परिचालन गरेको दलाल एजेण्डहरुको भरमा उक्त अस्पतालको लुट् चलिरहेको छ । ग्राण्डिले शिक्षण अस्पताल महाराजगंजमा दलालको रुपमा चक्रराज पाण्डेलाई प्रयोग गर्दै आएको फेला परेको छ । उनले शिक्षण अस्पतालबाट अधिकांश विरामीहरु ग्राण्डिमा रिफर गर्ने गरेका छन् ।
कतिपय विरामीहरु चर्को शुल्क बुझाउँदा पनि ग्राण्डीमा उपचार हुन नसकेको गुनासो गर्दै आएका छन् । साधारण रोगलाई पनि ठूलो बनाएर साहस र सम्पत्ति गुमाउन लगाइ त्यहाँबाट बिचल्ली बनाइएपछि अन्य अस्पतालहरुमा गएर सफल उपचार गराएका उदाहरणहरु धेरै छन् । यसबाट पनि प्रष्ट हुन्छ की स्वास्थ्य जस्तो संवेदनशिल कुरामा पनि उक्त अस्पताल कत्तिसम्म गैरजिम्मेवार छ ।

ग्राण्डि अस्पतालले बिना उपचार रकम अशुल गरेको बिल ।

सामान्यतः स्वास्थ्य संस्थाहरुले अन्य उपभोग्य बस्तुसरह सरकारी कर (भ्याट) लिन पाउँदैन् । तर ग्राण्डिले भने १३ प्रतिशत नै भ्याट लिने गरेको छ । उपचार नगराएपनि डाक्टर तथा नर्शको सेवा शुल्क त स्वभाविकै भएपनि इन्भेष्टिगेशनको नाममा ठूलै रकम बिल उठाएर ठगी गर्न पनि ग्राण्डि पछि परेको छैन । अचम्म त झन् यो छ की विरामी र आफन्तलाई समेत थाहा नहुने शिर्षकमा पनि रकम अशुल्ने गरेको छ । यसबाट प्रष्ट हुन्छ, ग्राण्डि इन्टरनेशनल अस्पताल विरामीको लागि जिवनदान स्थल होइन, कालको निम्तो दिने कारक बन्दैछ । यतातिर स्वास्थ्य मन्त्रालय र सम्बन्धित निकाय ध्यान जान सकेको छैन् ।

ठगी धन्दामा तल्लिन रहेको सो अस्पतालको थप कर्तुतहरु हामीसंग सुरक्षित छन् । अन्य कर्तुतहरुको पनि तीब्रखबरले खोजी गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी, सरकारी कार्यालयमै गुनासो

पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,

न्यायाधीश नियुक्ति क्षमता र पारदर्शिताका आधारमा हुनुपर्छ : सपना प्रधान मल्ल

भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि सार्वजनिक यातायात भाडा समायोजन गर्न महासङ्घको माग

काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’