काठमाडौं : नेपाल हाइड्रो डेभलपरको शुक्रबारदेखि आइपीओ बिक्री खुला भएको छ । कम्पनीले ३ करोड ९० लाख रुपैयाँको ३ लाख ९० हजार कित्ता आइपीओ बिक्रीमा ल्याएको हो । १०० रुपैयाँ अंकित मूल्यको यस आइपीओको २ प्रतिशत सेयर कर्मचारीलाई छुट्याइएको छ । यसआधारमा कर्मचारीले ७ हजार ८०० सय कित्ता सेयर पाउनेछन् । त्यस्तै, सामूहिक लगानी कोष कम्पनीहरुले ५ प्रतिशत अर्थात् १९ हजार ५०० कित्ता सेयर पाउनेछन् । यो आइपीओमा न्यूनतम ५० कित्ता र अधिकतम १ हजार कित्तासम्म आवेदन दिन पाइनेछ । यस हाइड्रोपावरमा ज्ञानेन्द्रलाल प्रधान, पशुपति मुरारका, कुमुद दुगड, देव किसन मुन्दडालगायतका व्यक्तिहरु सञ्चालक रहेका छन् । हाल कम्पनीको चुक्ता पुँजी २२ करोड १० लाख रुपैयाँ छ । आइपीओ बिक्रीपछि चुक्ता पुँजी २६ करोड रुपैयाँ पुग्नेछ । कम्पनीको अधिकृत पुँजी ६० करोड रुपैयाँ छ ।
यसमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गर्नेछ । लगानीकर्ताले एनएमबि क्यापिटल लिमिटेड नागपोखरी काठमाडौं, नेपाल हाइड्रो डेभलपरको कार्यालय डिल्लीबजार काठमाडौंमा गएर आवेदन दिन सक्नेछन् । यसबाहेक आस्वा अनुमति लिएका जुनसुकै बैंक तथा वित्तीय संस्थाबाट पनि सेयर भर्न सकिनेछ । कम्पनीले दोलखा जिल्लामा ३.५२ मेगावाटको चर्नावती हाइड्रोपावर सञ्चालन गर्दै आएको छ । जलविद्युत क्षेत्रका हस्तीहरुको लगानी रहेकाले कम्पनीले भविष्यमा राम्रो प्रतिफल दिने आशा गर्न सकिन्छ । धितोपत्र बोर्डले सकेसम्म सबैलाई न्यूनतम १० कित्ता सेयर दिनैपर्ने बाध्यकारी व्यवस्था गरेकाले आवेदकले सेयर भर्दा ठूलो रकम खर्च गर्नुपर्दैन । न्यूनतम ५ हजारदेखि १० हजार रुपैयाँसम्म एक जनाले लगानी गर्दा पनि पुग्छ । आस्वा अनिवार्य भएकाले सबैले आस्वा सदस्यता लिएका बैंक तथा वित्तीय संस्थाबाट सेयर भर्नुपर्ने हुन्छ । आफ्नो खाता भएको अनि आस्वाको सदस्य पनि भएका बैंकबाट आइपीओ भर्न मिल्छ ।
वाशिङ्टन डिसी (अमेरिका), असोज ३० गते । विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहनुभएका अर्थमन्त्री
काठमाडौँ, असोज १२ ।नेपाल विद्युत प्राधिकरण (नेपा) ले २४ वटा सौर्य ऊर्जा आयोजनासँग विद्युत खरिद
काठमाडौं, असोज १० (शुक्रबार)। अर्थ मन्त्रालयमा आज स्थानीय दातृ निकाय र अन्तर्राष्ट्रिय साझेदार निकायका प्रमुखहरूसँग
काठमाडौँ, भदौ ३ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी तथा उद्यम गर्न कुनै अवरोध
काठमाडौँ, असार २७ — नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लचिलो र
काठमाडौँ, जेठ २७ – उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले ल्याएको बजेट आर्थिक सुधारको