नेपाल हाइड्रो डेभलपरको आइपीओ खुल्यो, अब धेरै पैसा लगानी गर्नुपर्दैन

ipo_8_10_2017_5_20_06काठमाडौं : नेपाल हाइड्रो डेभलपरको शुक्रबारदेखि आइपीओ बिक्री खुला भएको छ । कम्पनीले ३ करोड ९० लाख रुपैयाँको ३ लाख ९० हजार कित्ता आइपीओ बिक्रीमा ल्याएको हो । १०० रुपैयाँ अंकित मूल्यको यस आइपीओको २ प्रतिशत सेयर कर्मचारीलाई छुट्याइएको छ । यसआधारमा कर्मचारीले ७ हजार ८०० सय कित्ता सेयर पाउनेछन् । त्यस्तै, सामूहिक लगानी कोष कम्पनीहरुले ५ प्रतिशत अर्थात् १९ हजार ५०० कित्ता सेयर पाउनेछन् । यो आइपीओमा न्यूनतम ५० कित्ता र अधिकतम १ हजार कित्तासम्म आवेदन दिन पाइनेछ । यस हाइड्रोपावरमा ज्ञानेन्द्रलाल प्रधान, पशुपति मुरारका, कुमुद दुगड, देव किसन मुन्दडालगायतका व्यक्तिहरु सञ्चालक रहेका छन् । हाल कम्पनीको चुक्ता पुँजी २२ करोड १० लाख रुपैयाँ छ । आइपीओ बिक्रीपछि चुक्ता पुँजी २६ करोड रुपैयाँ पुग्नेछ । कम्पनीको अधिकृत पुँजी ६० करोड रुपैयाँ छ ।

यसमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गर्नेछ । लगानीकर्ताले एनएमबि क्यापिटल लिमिटेड नागपोखरी काठमाडौं, नेपाल हाइड्रो डेभलपरको कार्यालय डिल्लीबजार काठमाडौंमा गएर आवेदन दिन सक्नेछन् । यसबाहेक आस्वा अनुमति लिएका जुनसुकै बैंक तथा वित्तीय संस्थाबाट पनि सेयर भर्न सकिनेछ । कम्पनीले दोलखा जिल्लामा ३.५२ मेगावाटको चर्नावती हाइड्रोपावर सञ्चालन गर्दै आएको छ । जलविद्युत क्षेत्रका हस्तीहरुको लगानी रहेकाले कम्पनीले भविष्यमा राम्रो प्रतिफल दिने आशा गर्न सकिन्छ । धितोपत्र बोर्डले सकेसम्म सबैलाई न्यूनतम १० कित्ता सेयर दिनैपर्ने बाध्यकारी व्यवस्था गरेकाले आवेदकले सेयर भर्दा ठूलो रकम खर्च गर्नुपर्दैन । न्यूनतम ५ हजारदेखि १० हजार रुपैयाँसम्म एक जनाले लगानी गर्दा पनि पुग्छ । आस्वा अनिवार्य भएकाले सबैले आस्वा सदस्यता लिएका बैंक तथा वित्तीय संस्थाबाट सेयर भर्नुपर्ने हुन्छ । आफ्नो खाता भएको अनि आस्वाको सदस्य पनि भएका बैंकबाट आइपीओ भर्न मिल्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

अर्थमन्त्री खनाल र एसियाली विकास बैंकका अध्यक्षबिच भेट

वाशिङ्टन डिसी (अमेरिका), असोज ३० गते । विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहनुभएका अर्थमन्त्री

नेपाल विद्युत प्राधिकरणद्धारा २४ वटा सौर्य आयोजनको पीपीए स्वीकृत

काठमाडौँ, असोज १२ ।नेपाल विद्युत प्राधिकरण (नेपा) ले २४ वटा सौर्य ऊर्जा आयोजनासँग विद्युत खरिद

सरकारका नीतिप्रति दातृ निकायहरूको समर्थन व्यक्त

काठमाडौं, असोज १० (शुक्रबार)। अर्थ मन्त्रालयमा आज स्थानीय दातृ निकाय र अन्तर्राष्ट्रिय साझेदार निकायका प्रमुखहरूसँग

नेपालमा लगानी गर्न कुनै अवरोध छैन : प्रधानमन्त्री ओली

काठमाडौँ, भदौ ३ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी तथा उद्यम गर्न कुनै अवरोध

राष्ट्र बैंकद्वारा लचिलो मौद्रिक नीति सार्वजनिक, कर्जाको सीमा वृद्धि [पूर्ण पाठसहित]

काठमाडौँ, असार २७ — नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लचिलो र