केही समय अगाडि प्रचण्ड नेतृत्वको माओवादी छाडेर बाबुराम भट्टराई नेतृवको नयाँ शक्ति नेपालमा गएका नेताहरु रामचन्द्र झा र रामकुमार शर्मा माओवादी केन्द्रमै फर्किएका छन्।
आज माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको छलफलपछि उनीहरुले माओवादी केन्द्र फर्केर क्रियाशील रहने प्रतिवद्धता जनाएका हुन्।छलफलमा नेता मातृका यादव, रामचन्द्र झा, रामकुमार शर्मा र श्रवण यादवले मधेशमा माओवादीलाई शक्तिशाली बनाउन आफूहरु एकतावद्ध भएर अघि बढ्ने समेत संकल्प समेत गरेका थिए।
एमाले हुँदै तत्कालीन एमाओवादीमा प्रवेश गरेका रामचन्द्र झा पछि बाबुराम भट्टराईसँगै नयाँ शक्ति पार्टीमा लागेका थिए।नयाँ शक्ति पार्टीले स्पस्ट कार्यदिशा ल्याउन नसकेको, पार्टी व्यक्ति केन्द्रीत भएको भन्दै केही समय अगाडिदेखि झाले असन्तुष्टि जनाउँदै आएका थिए।केही समय अगाडि झा एमालेमा प्रवेश गर्ने हल्ला चले पनि उनले एमाले मधेसका पक्षमा नरहेको भन्दै उनी पुनः माओवादी केन्द्रमै फर्किएका हुन्।
बिहीबार, मंसिर १८, काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा ‘आपराधिक गतिविधि’मा संलग्न भनिएका व्यक्तिहरूका मुद्दा फिर्ता
मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी
मंसिर १७, काठमाडौं। सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ, र भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान
मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री
१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।
काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार