August 11, 2017

अबैध कपडा सहित १० जना भारतीय हेटौंडा बसपार्कमा पक्राउ

Nepal-Police-1502404798.jpgहेटौंडा, २७ साउन । जिल्ला प्रहरी कार्यालय मकवानपुरले बुधबार हेटौंडा उपमहानगरपालिका–१० बसपार्कबाट अवैध कपडासहित १० जना भारतीय नागरिकहरुलाई पक्राउ गरि अनुसन्धानका लागि राजश्व अनुसन्धान विभाग मध्यमाञ्चल क्षेत्रीय कार्यालय पथलैया बारामा बुझाएको छ ।

पक्राउ पर्नेहरुरमा भारत मेरेठ जिल्ला उत्तर प्रदेश मावना वडा नम्बर ६ बस्ने २१ वर्षीय सहजाद खान सोही जिल्लाको जिल्लाको मावना वडा नम्बर ७३ का २४ वर्षीय अस्कर कजमी, २२ वर्षीय जामिन कजमी, सोही जिल्लाको तिहायी वडा नम्बर १५ बस्ने ४० वर्षीय सामसुदिन, कौशिल मावना वडा नम्बर ३ बस्ने १९ वर्षीय आशिक खान, ३२ वर्षीय रसिक अवास, २५ वर्षीय जोन जैडी, वडा नम्बर १५ बस्ने २५ वर्षीय रेसाद जैडी, ३४ वर्षीय सकिर महम्मद र वडा नम्बर ६ बस्ने २२ वर्षीय महम्मद आदिल रहेका छन् ।भारत, मेरेठ जिल्ला उत्तर प्रदेश मायन वडा नम्बर ६ बस्ने बर्ष २१ को सहजात खान समेतले भन्सार छली चोरी पठारी गरी कपडाहरु ल्याउँदैछन भन्ने बिशेष सुचनाको आधारमा जाँच गर्दा भन्सार छली लुकाई छिपाई ल्याएको अबैध लत्ता कपडासहित उनीहरु पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

उनीहरुबाट २ लाख १६ हजार १ सय बराबरको अवैध लत्ताकपडा फेला परेको प्रहरीले बताएको छ । साथै जिल्ला प्रहरी कार्यालय मकवानपुरले नजिकिँदै गरेको चाडपर्वलाई मध्यनजर गरी अवैध भन्सार छली ल्याएका अबैध समान नियन्त्रण तर्फ विशेष निगरानी गर्न सुरु गरेको पनि जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि