August 11, 2017

अबैध कपडा सहित १० जना भारतीय हेटौंडा बसपार्कमा पक्राउ

Nepal-Police-1502404798.jpgहेटौंडा, २७ साउन । जिल्ला प्रहरी कार्यालय मकवानपुरले बुधबार हेटौंडा उपमहानगरपालिका–१० बसपार्कबाट अवैध कपडासहित १० जना भारतीय नागरिकहरुलाई पक्राउ गरि अनुसन्धानका लागि राजश्व अनुसन्धान विभाग मध्यमाञ्चल क्षेत्रीय कार्यालय पथलैया बारामा बुझाएको छ ।

पक्राउ पर्नेहरुरमा भारत मेरेठ जिल्ला उत्तर प्रदेश मावना वडा नम्बर ६ बस्ने २१ वर्षीय सहजाद खान सोही जिल्लाको जिल्लाको मावना वडा नम्बर ७३ का २४ वर्षीय अस्कर कजमी, २२ वर्षीय जामिन कजमी, सोही जिल्लाको तिहायी वडा नम्बर १५ बस्ने ४० वर्षीय सामसुदिन, कौशिल मावना वडा नम्बर ३ बस्ने १९ वर्षीय आशिक खान, ३२ वर्षीय रसिक अवास, २५ वर्षीय जोन जैडी, वडा नम्बर १५ बस्ने २५ वर्षीय रेसाद जैडी, ३४ वर्षीय सकिर महम्मद र वडा नम्बर ६ बस्ने २२ वर्षीय महम्मद आदिल रहेका छन् ।भारत, मेरेठ जिल्ला उत्तर प्रदेश मायन वडा नम्बर ६ बस्ने बर्ष २१ को सहजात खान समेतले भन्सार छली चोरी पठारी गरी कपडाहरु ल्याउँदैछन भन्ने बिशेष सुचनाको आधारमा जाँच गर्दा भन्सार छली लुकाई छिपाई ल्याएको अबैध लत्ता कपडासहित उनीहरु पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

उनीहरुबाट २ लाख १६ हजार १ सय बराबरको अवैध लत्ताकपडा फेला परेको प्रहरीले बताएको छ । साथै जिल्ला प्रहरी कार्यालय मकवानपुरले नजिकिँदै गरेको चाडपर्वलाई मध्यनजर गरी अवैध भन्सार छली ल्याएका अबैध समान नियन्त्रण तर्फ विशेष निगरानी गर्न सुरु गरेको पनि जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी, सरकारी कार्यालयमै गुनासो

पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,

न्यायाधीश नियुक्ति क्षमता र पारदर्शिताका आधारमा हुनुपर्छ : सपना प्रधान मल्ल

भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि सार्वजनिक यातायात भाडा समायोजन गर्न महासङ्घको माग

काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’