२३ साउन , मुम्बाई – बाहुबली सिरिजको हिट जोडी प्रभास (बाहुवली) र अनुष्का शेट्टी (देवसेना) बीच प्रेम सम्बन्धको खबर यतिबेला चर्चाको विषय बनेको छ । केही मिडियाहरुमा दुवैको प्रेमबारे समाचारहरु बाहिर आएको थियो भने उनीहरु चाँडै विवाह बन्धनमा बाँधिन लागेको समते बताइएको थियो ।

लामो समयसम्म यस विषयमा दुवै मौन रहेका थिए । तर, अहिले आएर प्रभासले यो विषयमा बोलेका छन् । हालै मात्र एक अन्तर्वार्तामा उनले आफू अहिले विवाहका लागि तयार नभएको बताएका हुन् ।
३७ वर्षीय अभिनेताले अनुष्कासँगको प्रमेबारे भने, ‘मलाई यस्तै लागेको थियो । यदी तपाइँ कुनै पनि नायिकासँग दुईभन्दा धेरै चलचत्रि खेल्नुभयो भने मानिसहरुले यस्तै हल्ला फैलाउँछन् ।
मेरो लागि यो सामान्य कुरा हो । मलाई शुरुमा मिडियाले कसरी यस्तो लेख्न सक्छ भन्ने लागेर दुःख लागेको थियो । तर, अहिले मलाई केही फरक पर्दैन ।’
विवाहको बारे पनि उनले स्पष्ट पादै आफ्ना महिला फ्यानहरलाई निराश नहुन आग्रह गरे । ‘म अहिले विवाह गर्न चाहँदिन । यसबारे त मैले सोचेको पनि छैन,’ उनले भने । एजेन्सी
जेठ १७, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत
भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै
पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो
काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित
हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको