अफगानिस्तान, २१ साउन– अफगानिस्तानको पूर्वी क्षेत्र खोस्टमा लुकिछिपी बसेका तालीवानी लडाकूलाई लक्षित गरी गरिएको कारबाहीमा कम्तीमा ५० तालीवानी लडाकूको मृत्यु भएको स्थानीय सुरक्षा अधिकारीले बताएका छन् ।

आक्रमणमा तीन जना घाइते भएका बताइएको छ । स्थानीय प्रहरी प्रमुख गुलाव मङ्गलले भने, ‘मुसाखिल जिल्लाको पिरी क्षेत्रमा शुक्रबार राति अमेरिकी नेतृत्वको गठबन्धनले चलाएको हवाई आक्रमणमा ५० जना तालीवानी लडाकूको मृत्यु भएको र तीन जना विद्रोही घाइते भएका छन् ।’ उक्त क्षेत्र राजधानी काबुलबाट १५० किलोमिटर दक्षिण पूर्वमा पर्छ ।
आक्रमणमा तालीवान विद्रोहीले लुकाई राखेका केही हतियार र बन्दोबस्तीका सामान र उनीहरूले लामो समयदेखि प्रयोग गर्दै आएको आश्रयस्थल पनि नष्ट गरिएको छ ।
घटनाबारे शनिवार एक विज्ञप्ति प्रकाशित गरी अफगानी रक्षामन्त्रीले पनि पुष्टि गरेका छन् । विद्रोही समूहले भने यसबारे कुनै प्रतिक्रिया जनाएको छैन ।
वाशिङ्टन डिसी (अमेरिका), असोज ३० गते । विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहनुभएका अर्थमन्त्री
काठमाडौँ, भदौ २९।‘जेन–जी’ आन्दोलनका क्रममा उत्पन्न हिंसात्मक घटनाले नेपालका प्रमुख सरकारी संरचनासहित सर्वोच्च अदालत, विशेष
काठमाडौं, साउन २१, २०८२ । सरकारले वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने उद्देश्यले राष्ट्रिय श्रम आप्रवासन नीति–२०८२
काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का
असार १७, काठमाडौं ।परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तनबाट प्रभावित मुलुकहरूका लागि जलवायु वित्त
सेभिया (स्पेन), असार १६ – प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारको आवश्यकतामा विशेष