
२१ साउन, भक्तपुर । नेपालका मुख्य नेता लगायतका पहुँच भएका नेता तथा कर्मचारीका हाकीमहरु राज्यको सम्पती दुरुपयोग गर्न सामान्य उपचार गर्न विदेशी महँगा अस्पताल धाउछन तर नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराई भने पहुँच हुँदा हुदै पनि नेपाल मै त्यो पनि भक्तपुरको सामान्य अस्पतालमा सामान्य नागरिक सरहनै भर्ना भएर शुक्रबार मूत्रथलीको शल्यक्रिया जस्तो जटील अप्रेशन नेपाली डाक्टरहरुमा विश्वास गरेर शल्यक्रिया गराउँन सफल भएका छन्।
गठ्ठाघरस्थित नागरिक कम्युनिटी अस्पतालमा अपराह्न भर्ना भएका पूर्वप्रधानमन्त्री डा भट्टराईको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा राकेश बर्माको नेतृत्वको चिकित्सक टोलीले सफलतापूर्वक शल्यक्रिया गरेको अस्पतालका निर्देशक श्रीभक्त कासिछ्वाले जानकारी दिए ।
डा बर्माले भने, “पूर्वप्रधानमन्त्री भट्टराईले विगत डेढ वर्षदेखि मेरो निगरानीमा औषधि सेवन गरिरहनुभएको थियो, रोग निदानपछि आज शल्यक्रिया गरिएको हो ।”
भट्टराई चार पाँच दिनसम्म अस्पतालमा उपचार गराएपछि घर पठाइने अस्पतालले जनाएको छ ।
मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी
मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री
१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।
काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार
काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि
२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि