भरतपुर १९ को मतगणनासम्बन्धी विवादमा सर्वोच्च अदालतले पुनर्मतदानको फैसला सुनाएपछि पक्ष र विपक्षमा विभिन्न तर्क-वितर्क र टिकाटिप्पणी सुरु भएको छ । जनस्तरदेखि उच्च राजनीतिक तहबाट समेत यसबारे समर्थन र विरोधमा प्रतिक्रिया व्यक्त गरिँदै गर्दा नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पनि आ-आफ्नो धारणा ट्वीटमार्फत् सार्वजनिक गरेका छन् । विचारले कोशौँ टाढा रहेका यी दुई नेताको भरतपुर मतगणनाको अदालती फैसलामाथि भने दुरुस्तै धारणा आएको छ ।
बाबुराम भट्टराईले आफ्नो ट्वीटमा भनेका छन्-
‘चुनाव हार्ने भएपछि नियोजित ढंगले मतपत्र च्यात्नेलाई पुनर्मतदानको पुरस्कार मिल्ने हो भने कस्तो नजीर बस्ला र? अब जनताले नै फैसला गर्नुपर्ने भो !’
यस्तै, कमल थापाको ट्वीटको भाषा यस्तो छ-
‘सुनियोजित ढङ्गले मतपत्र च्यात्नेलाई कार्वाही गर्नुको सट्टा पुरस्कृत गर्ने कार्य ठिक भएन । अब अन्तिम फैसला जनताको अदालतबाट हुनेछ ।’
जे होस्, अदालतको फैसला प्रचण्डको पार्टीको पक्षमा आएको ठानेर होला, बाबुराम र कमल दुवैले फैसलाको घोर विपक्षमा प्र्रतिक्रिया दिएका छन् । यस मानेमा कमल र बाबुराम एकमत देखिएका छन् ।
काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका
असोज, ३ काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी
काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार
काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले
काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट
पीपुल नेपाल सम्बादाता भाद्र १४, काठमाडौँ । भोटेकोशीमा गत बुधबार बिहान आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन