August 1, 2017

हरेक दिन १४ जनाले गर्छन् आत्महत्या : किन गर्छन आत्महत्या ?

साउन १७, 
 
पछिल्लो समय आत्महत्याका घटना बढ्दै गएका छन् । एक वर्षमा ५ हजार एक सय २४ ले आत्महत्या गरेको प्रहरीको तथ्यांक छ । हरेक दिन १४ नेपालीले आत्महत्या गर्छन् । आर्थिक वर्ष ०७२-७३ मा चार हजार ६ सय ७३ र ०७१-७२ मा चार हजार ३ सय ३२ जनाले आत्महत्या गरेका थिए ।

गत वर्ष ३७६९ ले झुन्डिएर आत्महत्या गरेका छन् । प्रहरीका अनुसार १२१५ ले विष खाएर, ७१ ले अग्लो स्थानबाट हामफालेर, ३४ ले खोलामा हामफालेर, २४ ले आगो लगाएर तथा चारजनाले करेन्ट लगाएर आत्महत्या गरेका छन् । आजको नयाँ पत्रिकामा खबर छ ।

नेपाल विश्वमै धेरै आत्महत्या गर्ने देशको सूचीमा छ । गरिबी, डिप्रेसनको समयमा उपचार नहुनु र पारिवारिक कलहका कारण धेरै आत्महत्याका घटना हुने गरेका छन् । त्यस्तै, प्रेम तथा पढाइमा असफलता तथा गम्भीर रोगका कारण पनि केहीले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

नेपालको ब्रेन ड्रेनदर उच्च

देशमा विद्यार्थी र श्रमिक फिर्ता नीति तथा ‘डायस्पोरा नेटवर्क’ विकास गर्नुपर्छ   कात्तिक , २८  

मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक

काल, कात्तिक १८ गते। मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक छन्। सरकारका प्रवक्ता तथा सूचना प्रविधि मन्त्री

सर्वोच्च अदालतमा आंशिक सेवा सुरु

काठमाडौँ, असोज २७ गते । करीब एक महिनापछि सर्वोच्च अदालतले आंशिक रूपमा सेवा प्रवाह सुरु

तीन दिनसम्म जलिरह्यो सर्वोच्च, ललितपुरको दमकलले निभायो आगो

काठमाडौँ, असोज ५  गते।जेन–जी आन्दोलनका क्रममा भदौ २४ गते राजधानीमा राज्यका तीन प्रमुख निकाय—प्रधानमन्त्रीको कार्यालय

जेनजी आन्दोलनमा घुसपैठ भएको दाबी, सहभागी युवाहरुलाई फिर्ता हुन आह्

काठमाडौं, भदौ २३ गते । जेनजी नेपालले आफ्नो आन्दोलनमा घुसपैठ भएको भन्दै सहभागी युवाहरुलाई सुरक्षित