काठमाडौँ – त्रिवि, जैविक प्रविधि केन्द्रीय विभागले ऊर्जा उत्पादन तथा खाद्य सुरक्षा कायम गर्न विभिन्न पेय पदार्थको उत्पादन र औषधिको विकास गरेको छ । 
आज यहाँ आयोजित पत्रकार सम्मेलनमा विभागका प्रमुख कृष्णदास मानन्धरले लामो समयको अध्ययन तथा अनुसन्धानपछि कार्बन डाइअक्साइड ग्यासबाट ऊर्जा र प्रांगरिक मल तथा मदिरा र वियरको उत्पादन गरिएको जानकारी दिए । यसैगरी जीवाणुलाई नष्ट गर्न सक्ने औषधिको विकास गरिएको जानकारी दिँदै उनले यसलाई औद्योगिकीकरण गर्न सकेमा मुलुकलाई ठूलो उपलब्धि हासिल हुने बताए ।
वरिष्ठ वैज्ञानिक डा प्रमोद अर्यालको समूहले गाई, वस्तु तथा कुखुरालाई खुवाइने दानाका साथै कार्बनबाट इथानल (गाडीमा राख्न मिल्ने इन्धन) को आविष्कार भइसकेको बताउँदै यस क्षेत्रको थप विकासका लागि सरकारले केही लगानी गर्नुपर्नेमा जोड दिए । उनले युरिया, पोटास, डिएपीलगायत रासायनिक मलको विकल्पमा प्राङ्गरिक मलको उत्पादनलाई औद्योगीकीकरण गरी आयात प्रतिस्थापन गर्न सकेमा राष्ट्रिय अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने विचार व्यक्त गरे ।
अर्याल लामो समय संयुक्त राज्य अमेरिकमा बसेर अनुसन्धान गरी नेपालमा यस किसिमको विकासमा क्रियाशील हुन् । प्रा डा गंगा खरेलसहितको समूहले यस्तो अनुसन्धानमा सफलता प्राप्त भएको जनाइएको छ । त्यसैगरी स्वदेशका विभिन्न जडीबुटीबाट कालाजार, डेँगु र जिका भाइरसलाई नष्ट गर्न सक्ने औषधि पनि विकास गरिएको विभागले जनाएको छ ।
काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका
असोज, ३ काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी
काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार
काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले
काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट
पीपुल नेपाल सम्बादाता भाद्र १४, काठमाडौँ । भोटेकोशीमा गत बुधबार बिहान आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन