मधेस समस्या समाधान हुनुपर्छ, राजपा चुनावमा आउनुपर्छ : कमल थापा

राजबिराज – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मधेसका समस्या समाधान गर्दै राजपालाई चुनावमा सहभागी हुने बाताबरण बनाउनु पर्नेमा जोड दिएका छन् । दुई नम्बर प्रदेश स्थानीय तह निर्वाचनको तयारिको क्रममा सप्तरीको राजबिराज पुगेका  थापाले आज पत्रकारसंग कुरा गर्दै आफ्नो पार्टीले हिन्दुत्व,मधेसको अधिकार र पहिचानको संरक्षण र आर्थिक बिकासलाई मुख्य एजेन्डा बनाएर जनतामाझ जाने बताए । उनले भ्रष्टाचार निबारणको निमित्त पार्टीले शसक्त आवाज उठाउने समेत बताए । 


मधेसमा देखिएको अतिबादी शक्तिलाई “आइसोलेट” गर्नको निमित्त संविधानको परिधी भित्र रहेका उदारबादी शक्तिलाई राष्ट्रिय राजनितिको मुलधारमा ल्याउनु पर्नेमा उनको जोड थियो ।
मधेस समस्या समाधानको निमित्त नेपाली काङ्ग्रेस र सत्तारूढ दल गम्भिर नभएको आरोप लगाउदै थापाले  नियतबस नै सत्तारूढ दलको राजनितिक स्वार्थका कारण समस्या समाधान नगर्ने र राजपालाई चुनाव बाहिर राख्ने सुनियोजित खेल हुन सक्ने आशंका व्यक्त गरे । 

ठुला भनिने राजनितीक दलको अकर्मण्यता, गलत निति र सत्ता लिप्साका कारण बिखन्डनकारी शक्ति हाबी हुदै गएको तर्फ चिन्ता व्यक्त गरे । अध्यक्ष थापाले मधेस राप्रपाको निमित्त उर्बर भुमी भएको भन्दै यस प्रदेशको निर्बाचनमा पार्टीले उत्साहजनक परिणाम ल्याउने बिश्वास गरे ।
 महोत्तरीको बर्दिबासबाट शुरु भएको कार्यक्रम राजबिराज , लहान र जनकपुर पुगेर सम्पन्न हुनेछ । पार्टीका उपाध्यक्षद्वय बुद्धिमान तामाङ , रामचन्द्र राय ,प्रबक्ता शुशिल श्रेष्ठ , सहायक महामन्त्री राजाराम बर्तौला लगायत केन्द्रिय सदस्यहरु भ्रमण टोलिमा रहेका छन् 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार: ९ स्थानीय तह र साझा यातायातबीच समझदारी

काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

सेना राजनीतिक विवादमा मुछिनु दुःखद् : ओली

  काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

पुनर्स्थापनामा केन्द्रित सरकार, ९३९ शव फेला

  काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट

भोटेकोशी बाढी: बेपत्ताको यकिन तथ्याङ्क आउन बाँकी, सञ्चार अवरुद्ध हुँदा उद्धार र पहिचानमा जटिलता

पीपुल नेपाल सम्बादाता भाद्र १४, काठमाडौँ । भोटेकोशीमा गत बुधबार बिहान आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन