मधेस समस्या समाधान हुनुपर्छ, राजपा चुनावमा आउनुपर्छ : कमल थापा

राजबिराज – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मधेसका समस्या समाधान गर्दै राजपालाई चुनावमा सहभागी हुने बाताबरण बनाउनु पर्नेमा जोड दिएका छन् । दुई नम्बर प्रदेश स्थानीय तह निर्वाचनको तयारिको क्रममा सप्तरीको राजबिराज पुगेका  थापाले आज पत्रकारसंग कुरा गर्दै आफ्नो पार्टीले हिन्दुत्व,मधेसको अधिकार र पहिचानको संरक्षण र आर्थिक बिकासलाई मुख्य एजेन्डा बनाएर जनतामाझ जाने बताए । उनले भ्रष्टाचार निबारणको निमित्त पार्टीले शसक्त आवाज उठाउने समेत बताए । 


मधेसमा देखिएको अतिबादी शक्तिलाई “आइसोलेट” गर्नको निमित्त संविधानको परिधी भित्र रहेका उदारबादी शक्तिलाई राष्ट्रिय राजनितिको मुलधारमा ल्याउनु पर्नेमा उनको जोड थियो ।
मधेस समस्या समाधानको निमित्त नेपाली काङ्ग्रेस र सत्तारूढ दल गम्भिर नभएको आरोप लगाउदै थापाले  नियतबस नै सत्तारूढ दलको राजनितिक स्वार्थका कारण समस्या समाधान नगर्ने र राजपालाई चुनाव बाहिर राख्ने सुनियोजित खेल हुन सक्ने आशंका व्यक्त गरे । 

ठुला भनिने राजनितीक दलको अकर्मण्यता, गलत निति र सत्ता लिप्साका कारण बिखन्डनकारी शक्ति हाबी हुदै गएको तर्फ चिन्ता व्यक्त गरे । अध्यक्ष थापाले मधेस राप्रपाको निमित्त उर्बर भुमी भएको भन्दै यस प्रदेशको निर्बाचनमा पार्टीले उत्साहजनक परिणाम ल्याउने बिश्वास गरे ।
 महोत्तरीको बर्दिबासबाट शुरु भएको कार्यक्रम राजबिराज , लहान र जनकपुर पुगेर सम्पन्न हुनेछ । पार्टीका उपाध्यक्षद्वय बुद्धिमान तामाङ , रामचन्द्र राय ,प्रबक्ता शुशिल श्रेष्ठ , सहायक महामन्त्री राजाराम बर्तौला लगायत केन्द्रिय सदस्यहरु भ्रमण टोलिमा रहेका छन् 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जिफन्टको ‘रिपोर्ट’ : २१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्

 वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

चैत १ गतेदेखि १५ वैशाखसम्म कान्तिराजपथ बन्द

 फाल्गुण २८, ललितपुर । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता