July 30, 2017

आफ्नै निर्देशन ‘कुल्चँदै’ गृहमन्त्री

काठमाडौं : ‘सुरक्षा निकाय चेन अफ कमान्डमा चल्ने संस्था हो । प्रचारबाजी गर्ने, वक्तव्यबाजी गर्ने र अनावश्यक अन्तर्वार्ता दिने प्रवृत्ति अन्त्य गर्नुस्,’ पदभार ग्रहण गर्नेबित्तिकै गृहमन्त्री जनार्दन शर्माले सुरक्षा निकायलाई दिएको निर्देशन हो यो ।सुरक्षा निकायलाई कमान्डमा राख्ने नेतृत्व पाएका शर्मा आफैँ भने आफ्ना दैनिक गतिविधि ट्विटर र फेसबुकमार्फत सार्वजनिक गरिहाल्छन् ।download

सुरक्षाजस्तो संवेदनशील निकायको कमान्ड सम्हालेका मन्त्री शर्माले ऊर्जा मन्त्रालयमा हुँदाजस्तै ‘सस्तो प्रचार’ रुचाउने गरेको उनको कार्यशैलीले पुष्टि गर्छ । प्रधानमन्त्री शेरबहादुर देउवाको मन्त्रिमण्डलमा रहेका अन्य मन्त्रीभन्दा उनी अलि बढी नै सामाजिक सञ्जालमा अभ्यस्त देखिन्छन् ।

मन्त्रालयमा सुरक्षा निकायबीच भएको गोप्य बैठकका विषयसमेत मन्त्री शर्माले सार्वजनिक गरेका छन् । गत जेठ २४ गते पदबहाली गरेका उनले नेपाल प्रहरीको संघीय संरचना निर्माण र ८४ बुँदे कार्ययोजनाबारे भएको छलफलबारे फेसबुकमा भिडियोसहित पोस्ट गरे । त्यति मात्रै होइन, डीएसपी सञ्जीव शर्मा दासलाई निलम्बन गर्न निर्देशन दिएको कुरासमेत उनले फेसबुकबाटै सार्वजनिक गरिदिए । जबकि प्रहरीको आन्तरिक कारबाही अति गोप्य मानिन्छ ।

मुद्दा-मामिलामा गएपछि अदालतबाट मात्रै दोषी ठहर्ने व्यवस्थाविपरीत शर्माले ‘निलम्बन गर्न’ दिएको निर्देशन सार्वजनिक गर्नु उपयुक्त नभएको प्रहरी अधिकृतहरू बताउँछन् । डीएसपी शर्माको निलम्बन भने तत्कालका लागि टरेको छ । सर्वोच्च अदालतले निलम्बन गर्ने निर्णय अगाडि नबढाउन सरकारका नाममा अन्तरिम आदेश जारी गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार: ९ स्थानीय तह र साझा यातायातबीच समझदारी

काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

सेना राजनीतिक विवादमा मुछिनु दुःखद् : ओली

  काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

पुनर्स्थापनामा केन्द्रित सरकार, ९३९ शव फेला

  काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट

भोटेकोशी बाढी: बेपत्ताको यकिन तथ्याङ्क आउन बाँकी, सञ्चार अवरुद्ध हुँदा उद्धार र पहिचानमा जटिलता

पीपुल नेपाल सम्बादाता भाद्र १४, काठमाडौँ । भोटेकोशीमा गत बुधबार बिहान आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन