श्रावण १३, २०७४- घरको मूलढोकामाथि नागको चित्र टाँसी पूजाअर्चना गर्दै शुक्रबार नागपञ्चमी मनाइयो । रोपाइँका लागि पानी पार्न नागहरुले सहयोग गरेको र अब रोपाइँ सकिएकाले नागहरुप्रति कृतज्ञता ज्ञापन गर्न त्यसरी पूजाअर्चना गर्ने चलन रहेको जनविश्वास छ । यस दिन विशेष गरी अष्टनाग अनन्त, वासुकी, पद्मनाभ, महापद्मनाभ, तक्षक, कुलीर, कर्कट र शंखपाल नागलाई पूजा गरिन्छ । ललितपुरको धापाखेल, कर्कोटक नागको बासस्थान टौदह र नक्सालको नागपोखरीमा विशेष मेला लागेको छ ।
त्यसै गरी बिहान सबेरै घरमा लिपपोत गरी शुद्ध गरेपछि कुनै प्रकारको रोगव्याधि नलागी सधैं सुख र शान्तिहोस् भन्ने कामनासहित ब्राह्मण पुरोहितद्वारा नाडीमा रक्षाबन्धन पनि बाँधेका छन् । रक्षाबन्धन बाँध्दा दैत्यराज बलिको दानशील र सत्यनिष्ठा स्मरण गराउने मन्त्रवाचन गर्ने गरिन्छ । तागाधारीले पुरानो जनै फालेर मन्त्र साधना गरिएको नयाँ जनै लगाएका छन् ।
भक्तपुरवासी नागपञ्चमी मनाउँदै
े
वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फाल्गुण २८, ललितपुर । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा
फागुन २१, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली राजनीति पुनः नयाँ मोडमा आइपुगेको भन्नुहुँदै आफू
ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका
माघ २६,काठमाडौँ । न्याय सेवा आयोगको परीक्षा महाशाखाले ४३ जना जिल्ला न्यायाधीशका लागि विज्ञापन गरेको