१० साउन,चितवन – चितवन राष्ट्रिय निकुञ्जमा एउटा गर्भिणी रहेको गैंडा मृत अवस्थामा भेटिएको छ । निकुञ्जको दुधौरा पोष्ट र दुमरी पोष्टको बिच राप्ती नदीको किनारमा गएको शुाक्रबार गैंडा भेटिएको निकुञ्जले जनाएको छ ।

चितवन राष्टिय निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले बच्चा जन्माउन नसकेर गैंडा मरेको बताउनुभयो । झण्डै ५ वर्षको गैंडाको पोष्टमार्टम पछि भाले बच्चा निकालिएको छ ।
चितवन राष्ट्रिय निकुञ्ज तथा आसपास क्षेत्रमा गएको एक वर्ष विभिन्न कारणले २५ वटा गैंडा मरेका छन् । चितवन निकुञ्जका सहायक संरक्षण अधिकृत एवम् सूचना अधिकारी नुरेन्द्र अर्यालले दिएको जानकारी अनुसार २१ वटा गैंडा प्राकृतिक कारणले मरेको भएपनि चारवटा गैंडा भने मानवय कारणले मरेको हो ।
अघिल्लो बर्षको साउनदेखि अहिलेसम्म मरेका २५ गैंडा मध्य एउटा तस्करबाट र दुईवटा करेन्ट लागेर मरेको छ । एउटा गैंडा भने रौतहटमा गोली लागि उपचारका लागि चितवन ल्याईएकोमा पछि मरेको हो । चितवनमा सन २०१५ को गणना अनुसार ६०५ वटा एक सिंगे गैंडा रहेकाछन् ।
काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका
असोज, ३ काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी
काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार
काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले
काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट
पीपुल नेपाल सम्बादाता भाद्र १४, काठमाडौँ । भोटेकोशीमा गत बुधबार बिहान आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन