कार्बन बेचेर थप ७ अर्ब कमाउने बाटोमा सरकार

९ साउन, काठमाडौं । तराईका १२ जिल्लामा भइरहेको वन विनाश र क्षयीकरण नियन्त्रणका नियमित कार्यक्रमलाई समेटेर सरकारले अतिरिक्त आम्दानी गर्ने अन्तिम तयारी गरिरहेको छ ।sherbahadur-deuwa

वन विनाश र क्षयीकरण नियन्त्रण गरी दिगो वन व्यवस्थापनमार्फत हरितगृह ग्यास उत्सर्जन कटौती गरेर करिब ७ अर्ब रुपैयाँ आम्दानी गर्ने लक्ष्य सरकारको छ ।

यही लक्ष्य प्राप्तिका लागि सरकारले कार्बन उत्सर्जन कटौती कार्यक्रम दस्ताबेज तयार गरेर दुई महिनाअघि विश्व बैंकलाई बुझाएको छ । ‘दस्ताबेज त दुई महिनाअघि नै बुझाएका हौं । अहिले बैंकको वन कार्बन कार्यान्वयन समन्वय समितिले दस्ताबेजमा गरेका टिप्पणीलाई समेटेर परिमार्जन गर्ने काम भइरहेको छ’, वन मन्त्रालयअन्तर्गतको रेड कार्यान्वयन केन्द्रका प्रमुख डा. सिन्धुप्रसाद ढुंगानाले भने । आजको नागरिकमा खबर छ ।

वन विनाश र क्षयीकरण नियन्त्रण गरी दिगो वन व्यवस्थापनमार्फत हरितगृह ग्यास उत्सर्जन कटौती गरेर करिब ७ अर्ब रुपैयाँ आम्दानी गर्ने लक्ष्य सरकारको छ ।

उनले परिमार्जन गरेर पठाउने अवधि यही १६ गतेसम्म रहेको जानकारी दिए । ‘हामीले पठाएको दस्ताबेजमा बैंकको समितिले फेरि आन्तरिक रुपमा अध्ययन गर्छ । र, पछि तीन स्वतन्त्र विज्ञलाई नियुक्त गरेर अध्ययन गराउ“छ’, ढुंगानाले भने, ‘ती विज्ञले हामीले प्रस्तुत गरेको दस्ताबेजसहित नेपाल आएर वास्तविकता अध्ययन गर्छन् । उनीहरूको प्रतिवेदन आधारमा विश्व बैंकले निर्णय गर्छ ।’

विश्व बैंकअन्तर्गतको वन कार्बन कार्यान्वयन समन्वय समितिले दस्ताबेज तयार गर्न विश्व वन्यजन्तु कोष, नेपाल कार्यक्रम र अमेरिकालाई परामर्शदाता नियुक्त गरेको छ । परामर्शदाताका रुपमा कोषले यो दस्ताबेज तयार गरेर पठाएको हो । यसले रेड कार्यान्वयन केन्द्रस“ग समन्वय गरेर परिमार्जनको काम गरिरहेको छ । कोष र केन्द्रका विज्ञले दस्ताबेज अन्तिम परिमार्जन गर्दैछन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार: ९ स्थानीय तह र साझा यातायातबीच समझदारी

काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

सेना राजनीतिक विवादमा मुछिनु दुःखद् : ओली

  काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

पुनर्स्थापनामा केन्द्रित सरकार, ९३९ शव फेला

  काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट

भोटेकोशी बाढी: बेपत्ताको यकिन तथ्याङ्क आउन बाँकी, सञ्चार अवरुद्ध हुँदा उद्धार र पहिचानमा जटिलता

पीपुल नेपाल सम्बादाता भाद्र १४, काठमाडौँ । भोटेकोशीमा गत बुधबार बिहान आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन