July 23, 2017

जग्गा विवादले लियो ९ महिने शिशुको ज्यान

साउन ८
 
बारा – जग्गाको विषयमा परिवार सदस्यबीच झडप हुँदा ९ महिने शिशुको मृत्यु भएको छ ।

घटना अनुसन्धानका लागि प्रहरीले ३ पुरुष र ४ महिला गरी सात जनालाई नियन्त्रणमा लिएको छ ।

सुवर्ण गाउँपालिका १ बगही निवासी पन्नालाल मुखिया बिनकी ९ महिने छोरी किरणको कलैया अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

चलितर मुखियाका जेठी र कान्छी श्रीमतीपट्टिका छोराहरुबीच झडप भएको खबर आजको कान्तिपुरमा छ ।

दीपा मुखीया पक्षले इन्द्र मुखीयाको परिवारमाथि आक्रमण गरेको प्रहरीले जनाएको छ ।

९ महिने छेरीलाई काखमा लिएर घरमा लुकिछिपी बसिरहेकी सुदामालाई बाँसको भाटा लिएर घरम प्रवेश गरेका पाँच छ जनाको समूहले कुटपिट गरेको थियो ।

सुदामालाई भाटाले कुट्दा शिशुको टाउकोमा समेत चोट लागेको थियो । आत्रमण्बाट ३० बर्षीया सुदामा ससुरा इन्द्र मुखिया, देवर लालुलगायत घाइते छन् । सुदामाका पति रोजगार सिलसिलामा विदेशमा छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

रास्वपालाई एमालेको चेतावनी : ‘हाम्रो धैर्यतालाई कमजोरी नठान्नू’

फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर

कुन कांग्रेस आधिकारिक ? विवाद निर्वाचन आयोगमा, सुरु भयो कागजी ‘युद्ध’

 माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०