६ साउन,काठमाडौं– सरकारले चालु आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेट र हालै आएको मौद्रिक नीतिबीच तालमेल नमिलेको निजी क्षेत्रका प्रतिनिधिले जनाएका छन् । बजेट ठूलो आकारको आएको र यसले थुप्रै लक्ष्य वोकेको भएपनि त्यसलाई कार्यान्वयनका लागि मौद्रिक नीतिमा भएको व्यवस्था प्रभावकारी नरहेको उनीहरुले बताए ।
नेपाल व्यवस्थापन संघले वजेट र मौद्रिक नीतिका विषयमा छलफल गर्न राजधानीमा आयोजना गरेको कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठले सकारले वजेट राम्रो ल्याएको भएपनि खर्च गर्न नसक्दा त्यसको प्रभावकारीता नदेखिएको बताए । उनले निर्यात व्यापार वढाउने खालको वजेट आउनु पर्ने त्यसलाई मौद्रिक नीतिले पनि सहयोग गर्नुपर्ने बताए । यस्तै, नेपाल चेम्वर अफ कमर्सका अन्र्तराष्ट्रिय समिति सदस्य महेश श्रेष्ठले जनप्रतिनिधी निर्वाचित भएपछि कर बढाएको र व्यवसायीलाई थप समस्यामा पारेको वताए । जसले महंगी बढाउने काम गरिरहेको बताए । उनले सरकार ल्याएको बजेटमा औद्योगिक विकास भनेपनि मौद्रिक नीतिमा कतिपय सीमा तोकिदा समस्या भएको वताए ।
वित्त कम्पनी संघका अध्यक्ष सरोजकाजी तुलाधरले भने मौद्रिक नीतिले व्यवसायीलाई समस्या नपारेको तर्क गरे । यदपी, विकास खर्च वढ्नुपर्नेमा उनले जोड दिए ।
काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत
वाशिङ्टन डिसी (अमेरिका), असोज ३० गते । विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहनुभएका अर्थमन्त्री
काठमाडौँ, असोज १२ ।नेपाल विद्युत प्राधिकरण (नेपा) ले २४ वटा सौर्य ऊर्जा आयोजनासँग विद्युत खरिद
काठमाडौं, असोज १० (शुक्रबार)। अर्थ मन्त्रालयमा आज स्थानीय दातृ निकाय र अन्तर्राष्ट्रिय साझेदार निकायका प्रमुखहरूसँग
काठमाडौँ, भदौ ३ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी तथा उद्यम गर्न कुनै अवरोध
काठमाडौँ, असार २७ — नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लचिलो र