अाेलीकाे कडा बाेली :पदको लोभमा देशलाई अहित हुने काम नगराै !

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले लाभ र पदको लोभमा देशलाई अहित हुने कुनै पनि काम गर्न नहुने बताउनुभएको छ ।नेपाल टे«ड युनियन महासंघ (जिफन्ट) सातौँ राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को आज यहाँ उद्घाटन गर्दै उहाँले देशको सार्वभौमसत्ता र भौगोलिक अखण्डतालाई कुठाराघात हुनेखालको काम प्रायोजित रुपमा हुन खोजेको बताउँदै भन्नुभयो, “राजनीति एक दिन गर्ने चटके होइन, स्वार्थको खेल होइन, भ्रम फैलाउने पनि होइन, त्यस कारण लाभ र पदको लोभमा देशलाई कुठाराघात गर्ने काम गर्नुहुँदैन ।”kp-oli-2_5GuPfKT0CI-1-700x419

अध्यक्ष ओलीले तीन तहको निर्वाचन संवैधानिक व्यवस्थानुसार गर्नुपर्ने र त्यसका लागि सबै राजनीतिक दल इमान्दार हुनुपर्ने औँल्याउनुभयो । उहाँले भन्नुभयो, “नेपालको इतिहासलाई हेर्दा ऋषिमुनिहरुको योगदान कम छैन, भौगोलिक रुपमा हेर्दा विश्वकै अग्लो सगरमाथा यहीँ छ, तर त्यसअनुसार विकास हुन सकेको छैन ।”अध्यक्ष ओलीले विराटनगरबाट शुरु भएको नेपालको टे«ड युनियन अहिले आएर प्रभावकारी भएको बताउँदै भन्नुभयो, “स्थानीय तहको निर्वाचनमा जिफन्टबाट २२० जना प्रतिनिधि विजयी भएका छन्, यो हिजोको मजदुर आन्दोलनकै उपलब्धि हो ।” जिफन्टका अध्यक्ष विष्णुप्रसाद रिमालले समाज परिवर्तन र विकास गर्न श्रमिकको ठूलो योगदान रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार: ९ स्थानीय तह र साझा यातायातबीच समझदारी

काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

सेना राजनीतिक विवादमा मुछिनु दुःखद् : ओली

  काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

पुनर्स्थापनामा केन्द्रित सरकार, ९३९ शव फेला

  काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट

भोटेकोशी बाढी: बेपत्ताको यकिन तथ्याङ्क आउन बाँकी, सञ्चार अवरुद्ध हुँदा उद्धार र पहिचानमा जटिलता

पीपुल नेपाल सम्बादाता भाद्र १४, काठमाडौँ । भोटेकोशीमा गत बुधबार बिहान आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन