अमेरिकी राष्ट्रपति ट्रम्पको एकपछि अर्को गोप्य रहस्य खुल्दै

५ साउन, वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग जर्मनीमा भएको पछिल्लो वा दोस्रो पटककको भेटवार्ता १५ मिनेट मात्र भएको बताएका छन । यसै महिनाको पहिलो हप्ता जर्मनीको ह्याम्बर्गमा आयोजना भएको जि२० को बैठकमा सहभागिताका लागि त्यहाँ गएका बेला उनले यसअघि नभनिएको अथवा गोप्य बैठक पुटिनसँग गरेको समाचार आएको थियो ।

trump-35942614सुरुमा उनले पुटिनसँग अलग्गै नभेटेको भनी अस्वीकार गरे । तर पछि अमेरिकी पत्रिकाले सो बैठकको समाचार सार्वजनिक गरेका थिए । राष्ट्रपति ट्रम्प र उनका रुसी समकक्षी पुटिनबीच जर्मनीमा भएको जी–२० बैठकमा एक्लाएक्लै भेटवार्ता भएको भनी आएका समाचारको ह्वाइटहाउसले पनि मङ्गलबार स्वीकार गरेको थियो । तर उसले सो भेटमा राजनीतिक भेटवार्ता भने नभएको स्पष्ट गरेको छ ।

ह्वाइट हाउसको यो स्वीकारोक्ति आएपछि भने राष्ट्रपति ट्रम्पले पनि मुख खोल्नुभएको बताइएको छ । उनले आफूले सो भेटवार्ता बेलुकाको खाना खाने बेलामा सँगैको टेबलमा रहेकाले ख्यालठट्टाकै रुपमा सामान्य कुराकानी भएको जानकारी दिएका हुन ।राष्ट्रपति ट्रम्पले आफ्नो र पुटिनको खाना खाने टेबल लगभग सँगसँगै रहेको र त्यस क्रममा कुनै गम्भीर विषयमा नभएर हल्कामात्र कुराकानी भएको जानकारी उनले सो पत्रिकालाई दिएका छन ।

अमेरिकी पत्रिका न्युयोर्क टाइम्सको बुधबारको अंकमा उनले दिएको अन्तरवार्तामा सो जानकारी गराएका हुन । उनले उक्त अन्तरवार्ता १५ मिनेट मात्र भएको र त्यो पनि कुनै राजनीतिक वा गम्भीर विषयमा नभएर हल्काफुल्का कुराकानी मात्र भएको बताएका छन । तर पछि भएको दोश्रो बैठकको समाचारलाई भने अहिलेसम्म पनि गोप्य राखिएको थियो । उक्त भेटवार्ताको समाचार सोमबारका अमेरिकी पत्रिकाले सार्वजनिक गरेका छन् । यसअघि भने उनीहरूबीच सुरुमा भएको घोषित वा औपचारिक बैठकको घण्टौंपछि एकजना रुसी दोभाषे मात्र राखेर करिब एक घन्टासम्म उनहरुले एक्लाएक्लै वार्ता गरेको समाचार आएको थियो ।

रुस र ट्रम्पको चुनाव अभियानसँग जोडिएर यसअघि पनि निर्वाचनका समयमा रुसले उनलाई सघाएको समाचार आएको थियो । त्यसपछिको यो अर्को खुलासाले अमेरिकी राजनीतिलाई फेरि एकपटक तताइदिएको छ । मङ्गलबार मात्र पनि ह्वाइटहाउसले उनीहरुबीचको सो वार्तालाप सञ्चारमा आएजस्तो व्यापक र लामो समयको नभएर बेलुकाको खानाको सयममा छोटो वार्ता भएको बताएको थियो ।

तर अमेरिकी पत्रिकाले भने भेटमा अरु कोही नभई दोभासेमात्र राखिएको र एक घन्टासम्म कुराकानी भएको बताएका छन् । दोभाषे पनि रुसी नागरिक रहेको सो समाचारमा उल्लेख गरिएको छ । उक्त अन्तरवार्तामा राष्ट्रपति ट्रम्पले भन्नुभएको छ ‘त्यो कुनै राजनीतिक वार्तालाप थिएन र बेलुकाको खानाको समयमा भएको अनौपचारिक कुराकानी मात्र थियो ।’ मलाई लाग्छ त्यतिबेला हामीले रुसले त्यहाँका अनाथ बालबालिकालाई धर्मपुत्र वा धर्मपुत्री राख्न प्रतिबन्ध लगाएको विषयमा हामीले कुरा गरेका थियौँ– राष्ट्रपति ट्रम्पले भन्नुभयो ।’

उता अमेरिकी गुप्तचर निकायले भने गत वर्षको राष्ट्रपतीय चुनावमा रुसले ट्रम्पलाई सघाएको आरोप लगाउँदै आएको छ । तर राष्ट्रपति ट्रम्पले उक्त आरोपलाई अस्वीकार गर्दै आएका छन । गत हप्तामात्र पनि राष्ट्रपति ट्रम्पका जेठा छोराले रुसी वकिलसँग गरेको कुराकानीको खुलासा भएको थियो । राष्ट्रपति ट्रम्पले सो कुराकानी भएको कुरा स्वीकार गर्दै आफ्नो छोराले इमान्दार र पारदर्शी काम गरेको प्रतिक्रिया दिएका थिए । रासस

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

भ्रष्टाचारको विरोधमा अर्धनग्न जुलुस निकाल्ने क्रममा तीन महिला पक्राउ

 भदौ १८,कम्पाला  । युगान्डा प्रहरीले पूर्वी अफ्रिकी राष्ट्रमा भ्रष्टाचारको विरोधमा जुलुस निकाल्ने क्रममा सोमबार राजधानी कम्पालामा

वास्तविक छाला जस्तै देखिने आवरणसहितको रोबोट जापानमा निर्माण

टोकियो, असार १३ गते । जापानी वैज्ञानिकले मानव कोषहरूको प्रयोग गरेर जीवित छालाजस्तै देखिने आवरणसहितको रोबोटको

बुद्ध जयन्तीको अवसरमा विश्व ध्यान दिवस मनाइदै

  “अबको योगको गन्तव्य बिश्व योगगुरुदेश नेपाल” पीपुल नेपाल न्यूज जेठ ९ काठमाण्डौं । विश्वशान्ति

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

अवैध बाटोबाट अमेरिका पुगेका आठ नेपाली नेपाल फिर्ता

काठमाडौँ, फागुन ११ गते । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल

इजरायल र हमासबीच युद्धविराम सम्झौता

मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने