३० असार, मकवानपुर, मकवानपुर प्रहरीले भन्सार छली गरी ल्याएको ७० लाख ५९ हजार रुपैंया बराबरको अबैध सुन सहित एक भारतिय नागरिकलाई पक्राउ गरेको छ ।इलाका प्रहरी कार्यालय पशुपतिनगरको प्रहरी टोलिले हेटौंडा उपमहानगरपालिका १५ स्थित रातामाटे चेकपोष्टबाट काठमाडौंबाट बिरगंन्ज तर्फ जांदै गरेको ना १ ज ४०२९ को टाटा सुमो बिशेष सुचनाको आधारमा चेक गर्ने क्रममा भारत बिहार थाना रक्सौलका बर्ष ३५ का सुमन कुमारलाई भन्सार छलेर ल्याएको सुन सहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।Gold

भन्सार छली अबैध ढङ्गले ल्याएको एकसय ३० तोला (१ किलो ५ सय १६ ग्राम) सुन सहित कुमारलाई पक्राउ गरेको प्रहरी नायब उपरिक्षक बामदेव गौतमले जानकारी दिए ।बरामद गरिएको सुन आवश्यक कारवाहीको लागी राजश्व अनुसन्धान बिभाग मध्यमाञ्चल क्षेत्रीय कार्यालय पथलैया, बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।