चुनाव गराउने कांग्रेस–माओवादी, माला पहिरिने एमाले !

sthaniya-taha-ko-election-nirbachan_wHK52XW3OWअसार २५, काठमाडौं– स्थानीय तह निर्वाचनको नतिजा अन्तिम चरणमा पुगेसँगै राजनीतिक दलहरु आन्तरिक चुनावी समिक्षामा जुटेका छन् । माओवादी केन्द्र र चौथो राजनीतिक दल राप्रपाबाहेका प्रमुख दलहरुले औपचारिक रुपमा चुनावी समिक्षा बैठक भने बोलाइसकेका छैनन् । 

दलहरुमा हारजितको समिक्षा चलिरहेका बेला पहिलो र दोस्रो चरणमा सम्पन्न स्थानीय तहको घोषित निर्वाचन परिणाममा नेकपा एमालेले सवैभन्दा बढि तह जितेर पहिलो स्थान बनाउन सफल भएको छ । माओवादी केन्द्र र कांग्रेस नेतृत्वको सरकारले गराएको निर्वाचनमा एमाले पहिलो शक्तिका रुपमा उदाएपछि कांग्रेस र माओवादी केन्द्रलाई भने स्वाभाविक रुपमा टाउको दुखाईको विषय बनेको छ ।

पहिलो चरणको २८३ र दोस्रो चरणको ३३४ स्थानीय तहमध्ये एमालेले पहिलो चरणमा १२५ र दोस्रो चरणमा १४८ स्थानीय तह जित्दा जीतसंख्या २७३ पर्याउदै एमालेले अग्रता कायम गर्न सफल भएको छ  । 

दुवै चरणमा निर्वाचन भएका ६१७ स्थानीय तहमध्ये पहिलो चरणको भरतपुर महानगरपालिका र दोस्रो चरणमा निर्वाचन भएका तीन तहको अन्तिम परिणाम आइनसकेपनि संख्यात्मक रुपमा एमालेले जितेको संख्या भेट्टाउन अरु कुनैपनि दललाई मुस्किल हुने देखिएको छ ।

गणितिय हिसाबमा दुवै चरणको परिणाम जोड्दा दोस्रो स्थान बनाएको नेपाली कांग्रेस एमाले भन्दा ४६ स्थानले कम छ । उसले पहिलो चरणमा १०५ स्थानीय तह र दोस्रोमा १२२ तहमा जित हासिल गर्दा जम्मा २२७ स्थानीय तहमा आफ्नो झण्डा गाड्न सफल भएको छ ।

त्यस्तै तेस्रो स्थानमा रहेको माओवादी केन्द्र र पहिलो स्थान बनाएको एमालेबीचको स्थानीय तह संख्याको फरक १८९  हुन पुगेको छ । अर्थात् माओवादी केन्द्र भन्दा एमाले १८९ तह बढि जित्न सफल भएको छ । यो संख्याले तेस्रो चरणमा हुने स्थानीय तहको सवै संख्या मओवादी केन्द्रले जितेपनि एमालेलाई पछि पार्न नसक्ने पक्का छ । त्यस्तै कांगे्रस र माओवादीबीचको संख्या पनि फराकिलो नै छ । पछिल्लो परिणाम अनुसार मओवादी र कांग्रेसवीच पनि १४३ को फरक छ । मुलुकका ७४४ स्थानीय तहमध्ये बाँकी आठ जिल्लाका १२७ स्थानीय तहको भने आगामी असोज २ गतेमात्रै निर्वाचन हुदैछ । तेस्रो चरणमा हुने निर्वाचनमा एमाले बराबर हुन अहिलेकै अवस्थामा पनि कांग्रेसले ४६ स्थान जित्नुपर्छ ।

तर, कांग्रेसले त्यतिका संख्यामा जित हासिल गर्दा एमालेले पनि थप संख्या बढाउने निश्चित नै छ । मधेसमा खासगरी चारपक्षिय नतिजा आउने अनुमान गरिएको छ । मधेसवादी दल राजपा, कांग्रेस, एमाले र माओवादीबीच तह बाडिँने भएकाले यो घाटा पुर्ति गर्न कांग्रेसका लागि कठीन छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि