
दार्जीलिङ – नेपालीभाषी बहुल भारत पश्चिम बंगालको दार्जिलिङमा शुक्रबार र शनिबार प्रहरीको गोली लागेर तीन जनाको मृत्यु भएको छ।
शुक्रबार राति घरबाट बाहिर निस्किने क्रममा दार्जिलिङ सोनादाका टाँसी भोटियालाई प्रहरीले गोली हानी मारेपछि शनिबार दिनभर दार्जिलिङ तनावग्रस्त बन्यो । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।
भोटियाको कन्चटमा गोली लागेको अवस्थामा भेटिएपछि शनिबार आक्रोसित भिडले दार्जिलिङमा प्रहरी कार्यालयलगायत प्रहरीका सवारी साधन जलाउने काम गरेपछि प्रहरीले गोली चलाउँदा दुई प्रदर्शनकारीको मृत्यु भएको हो।
शनिबार दिउँसोे प्रदर्शन र तोडफोडमा उत्रेका प्रदर्शनकारीलाई लक्षित गरेर प्रहरीले गोली चलाउँदा दार्जिलिङ बजारमा तुङसुङका सुरज सुन्दासको मृत्यु भएको हो। उक्त घटनापछि आन्दोलनकारी अझ आक्रोशित बनेका थिए। त्यसपछि दार्जिलिङको सिंहमारीमा आन्दोलनकारीेले प्रदर्शन उग्र बनाएका थिए। त्यहाँ पनि सुरक्षाकर्मीको गोली लागेर सिंहमारी रोपवेका समीर गुरुङको ज्यान गएको छ।
भारतीय नेपाली भाषी गोर्खालीले भारत पश्चिम बंगालको दार्जिलिङमा छुट्टै स्वायत्त गोर्खाल्याण्डको माग गर्दै आन्दोलन चकाइरहेका छन्। पछिल्लो पटक चलिरहेको आन्दोलनमा यस अघि नै पाँच जनाको ज्यान गइसकेको बताइएको छ।
मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी
देशमा विद्यार्थी र श्रमिक फिर्ता नीति तथा ‘डायस्पोरा नेटवर्क’ विकास गर्नुपर्छ कात्तिक , २८
काल, कात्तिक १८ गते। मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक छन्। सरकारका प्रवक्ता तथा सूचना प्रविधि मन्त्री
काठमाडौँ, असोज २७ गते । करीब एक महिनापछि सर्वोच्च अदालतले आंशिक रूपमा सेवा प्रवाह सुरु
काठमाडौँ, असोज ५ गते।जेन–जी आन्दोलनका क्रममा भदौ २४ गते राजधानीमा राज्यका तीन प्रमुख निकाय—प्रधानमन्त्रीको कार्यालय
काठमाडौं, भदौ २३ गते । जेनजी नेपालले आफ्नो आन्दोलनमा घुसपैठ भएको भन्दै सहभागी युवाहरुलाई सुरक्षित