दार्जिलिङ फेरी तनावग्रस्त, थप ३ को मृत्यु

दार्जीलिङ – नेपालीभाषी बहुल भारत पश्चिम बंगालको दार्जिलिङमा शुक्रबार र शनिबार प्रहरीको गोली लागेर तीन जनाको मृत्यु भएको छ।

शुक्रबार राति घरबाट बाहिर निस्किने क्रममा दार्जिलिङ सोनादाका टाँसी भोटियालाई प्रहरीले गोली हानी मारेपछि शनिबार दिनभर दार्जिलिङ तनावग्रस्त बन्यो । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

भोटियाको कन्चटमा गोली लागेको अवस्थामा भेटिएपछि शनिबार आक्रोसित भिडले दार्जिलिङमा प्रहरी कार्यालयलगायत प्रहरीका सवारी साधन जलाउने काम गरेपछि प्रहरीले गोली चलाउँदा दुई प्रदर्शनकारीको मृत्यु भएको हो।

शनिबार दिउँसोे प्रदर्शन र तोडफोडमा उत्रेका प्रदर्शनकारीलाई लक्षित गरेर प्रहरीले गोली चलाउँदा दार्जिलिङ बजारमा तुङसुङका सुरज सुन्दासको मृत्यु भएको हो। उक्त घटनापछि आन्दोलनकारी अझ आक्रोशित बनेका थिए। त्यसपछि दार्जिलिङको सिंहमारीमा आन्दोलनकारीेले प्रदर्शन उग्र बनाएका थिए। त्यहाँ पनि सुरक्षाकर्मीको गोली लागेर सिंहमारी रोपवेका समीर गुरुङको ज्यान गएको छ।

भारतीय नेपाली भाषी गोर्खालीले भारत पश्चिम बंगालको दार्जिलिङमा छुट्टै स्वायत्त गोर्खाल्याण्डको माग गर्दै आन्दोलन चकाइरहेका छन्। पछिल्लो पटक चलिरहेको आन्दोलनमा यस अघि नै पाँच जनाको ज्यान गइसकेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

रास्वपालाई एमालेको चेतावनी : ‘हाम्रो धैर्यतालाई कमजोरी नठान्नू’

फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर

कुन कांग्रेस आधिकारिक ? विवाद निर्वाचन आयोगमा, सुरु भयो कागजी ‘युद्ध’

 माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०