तराईका १२ जिल्लामा पनि एमाले अगाडि : ५ मा एमाले बलियो

असार २४, 
 
 

 

दोस्रो चरणमा निर्वाचन भएका तराईका १२ जिल्लाका दुईतिहाइभन्दा बढी तह एमाले–कांग्रेसले जितेका छन् । १ सय ३० मध्ये शुक्रबारसम्म १ सय २४ तहको नतिजा सार्वजनिक हुँदा एमाले–कांग्रेसले मात्रै ९५ तहमा प्रमुख जितेका छन् । एमालेले ५६ तह जितेर पहिलो शक्ति बनेको छ भने कांग्रेसले ३९ तह जितेको छ । 

परिणाम आउन बाँकी रहेका ६ तहमध्ये मोरङको विराटनगर महानगरपालिका, धनपाल गाउँपालिका, झापाको मेचीनगर र कैलालीको धनगढी नगरपालिकामा कांग्रेस र झापाको अर्जुनधारा र कञ्चनपुरको पुनर्वासमा एमालेले अग्रता लिइरहेका छन् ।

माओवादी केन्द्रले १२ वटा तह जितेर तराईका जिल्लामा पनि तेस्रो स्थान सुरक्षित बनाएको छ । संघीय फोरम र नयाँ शक्तिको गठबन्धनले ८ तह जितेका छन् भने लोकतान्त्रिक फोरमले ६ तह जितेको छ । राप्रपाले ४ तह, स्वतन्त्र उम्मेदवारले ३ तह जितेका छन् । स्वतन्त्रबाट विजयी निर्वाचन बहिष्कार गरेको राजपाका कार्यकर्ता हुन् ।

कांग्रेस–माओवादीको भन्दा एमालेको बढी
तराईका १२ जिल्लाको नतिजाअनुसार कांग्रेस–माओवादीको भन्दा एमालेले बढी तह जितेको छ । कांग्रेस र माओवादी केन्द्रले स्थानीय तहको प्रमुख जितेको सिट जोड्दा ५१ हुन्छ । तर, एमाले एक्लैले ५६ स्थानमा प्रमुख पद जितेको छ ।

प्रदेश नं. १ मा एमाले–कांग्रेसबीच प्रतिस्पर्धा 
प्रदेश नम्बर १ का तराईका चार जिल्लामा एमालेले १९, कांग्रेसले १८ तहमा प्रमुख पद जितेका छन् । माओवादी केन्द्रको भने २ तहमा मात्र प्रमुख पदमा जित दर्ता गराएको छ । झापाका १५ तहमध्ये एमालेले ६, कांग्रेसले ४ र राप्रपाले ३ तह जितेका छन् । बाँकी दुईमध्ये कांग्रेस र एमालेले एक–एक तहमा अग्रता लिइरहेका छन् । मोरङका १७ तहमध्ये कांग्रेसले ७, एमालेले ५, माओवादी केन्द्रले १, नयाँ शक्ति र संघीय फोरम गठबन्धनले १ तथा लोकतान्त्रिक फोरमले १ तहको प्रमुख जितेका छन् । मतगणना जारी रहेको विराटनगर महानगरपालिका र धनपाल गाउँपालिकामा कांग्रेसको अग्रता छ ।

सुनसरीका १२ तहमध्ये कांग्रेसले ६, एमालेले २, नयाँ शक्ति–संघीय फोरमले १ र लोकतान्त्रिक फोरमले २ तहको प्रमुख पद जितेका छन् । मतगणना जारी रहेको धरान उपमहानगरमा एमालेले अग्रता लिइरहेको छ । उदयपुरका ७ स्थानीय तहमध्ये एमालेले ६ र कांग्रेसले १ स्थानीय तह जितेका छन् ।

प्रदेश नं. ५ मा एमाले बलियो 
प्रदेश नं. ५ स्थित तराईका ६ जिल्लामा एमालेले कांग्रेसको भन्दा झन्डै दोब्बर तहमा जितेको छ । एमालेले २२ र कांग्रेसले १२ तहमा प्रमुख जितेका हुन् । माओवादी केन्द्रले ६ तहमा जितेको छ ।

दाङका १० स्थानीय तहमध्ये एमालेले ६, कांग्रेसले ३ र माओवादी केन्द्रले १ तहको प्रमुख पद जितेका छन् । त्यस्तै, रूपन्देहीका १६ तहमा एमालेले ७, कांग्रेसले २, माओवादी केन्द्रले १ तथा नयाँ शक्ति–संघीय फोरमले ४ र लोकतान्त्रिक फोरम र राजपाका स्वतन्त्र उम्मेदवारले १–१ तह जितेका छन् ।

त्यस्तै, नवलपरासीका ७ तहमध्ये कांग्रेसले ३, एमालेले २ तथा माओवादी केन्द्र र लोकतान्त्रिक फोरमले १–१ तह जितेका छन् । बाँकेका ८ स्थानीय तहमध्ये एमालेले ४, कांग्रेसले २, राप्रपा र समाजवादी फोरमले १–१ तह जितेका छन् । बर्दियाका ८ तहमध्ये एमालेले ३, माओवादी केन्द्रले ३ र कांग्रेसले २ तह जितेका छन् ।

प्रदेश नं. ७ मा कांग्रेस–माओवादी बराबर
प्रदेश नं. ७ स्थिति कैलाली र कञ्चनपुरमा एमाले एक्लैले ११ तहका प्रमुख जितेको छ भने कांग्रेस र माओवादी केन्द्रले बराबर २–२ तहका प्रमुख जितेका छन् । कैलालीका १३ मध्ये एमालेले ७, कांग्रेस र माओवादी केन्द्रले २–२, लोकतान्त्रिक फोरमले १ तहमा प्रमुख जितेका छन् । मतगणना जारी रहेको धनगढी उपमहानगरपालिकामा कांग्रेसको अग्रता छ ।

त्यस्तै, कञ्चनपुरको ९ तहमध्ये एमालेले ४, कांग्रेस र माओवादीले २–२ तहमा प्रमुख पद जितेका छन् । पुनर्वास नगरपालिकामा एमालेको अग्रता छ 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

रास्वपा महाधिवेशन : निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारी प्रक्रियामा कडाइ

 असार ९,चितवन ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पहिलो महाधिवेशनअन्तर्गत नेतृत्व चयन प्रक्रियालाई थप व्यवस्थित,

रास्वपाको प्रथम महाधिवेशन आजदेखि भरतपुरमा, विद्युतीय मतदानमार्फत नयाँ नेतृत्व चयन हुँदै

भरतपुर, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा

दुर्गा पन्तको स्वर्णसँगै विश्व योग च्याम्पियनसिपमा नेपालको ऐतिहासिक उपलब्धि

अहमदावाद, भारत — भारतको अहमदावादमा जुन ४ देखि ८, २०२६ सम्म सम्पन्न प्रथम विश्व योग च्याम्पियनसिपमा

श्रम अधिकारमाथि बढ्दो हस्तक्षेपबारे जेटियुसिसीको अन्तर्राष्ट्रिय मञ्चमा चिन्ता

काठमाडौँ, जेठ २८ । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी) का अध्यक्ष विनोद श्रेष्ठले नेपालमा

छाया अर्थतन्त्रको संकट : जीडीपीको आधाभन्दा बढी अनौपचारिक क्षेत्रमा, अब नेपालले कस्तो भूमिका खेल्नुपर्छ ?

अधिवक्ता तारा निधि पन्त नेपालको अर्थतन्त्रमाथि छाया अर्थतन्त्र (Shadow Economy) को प्रभाव दिनप्रतिदिन गहिरिँदै गएको

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय