२३ असार, एजेन्सी । मेक्सिकोको एक कारागारमा कैदीबन्दीबीच झडप हुँदा २८ जनाको मृत्यु भएको छ । दक्षिण पश्चिम मेक्सिकोको अकापुल्को शहरमा रहेको कारागार भित्र दुई विरोधी समूहबीच भएको झडपमा उनीहरुको मृत्यु भएको कारागार प्रशासनले जनाएको छ ।
धेरैजसो कूटपिटकै कारण मारिएका थिए भने केहीको टाउको काटेर हत्या गरिएको जनाइएको छ । अकापुल्को मेक्सिकोकै अत्यन्तै धेरै हिंसा हुने र लागू पदार्थ उत्पादन हुने केन्द्रका रुपमा परिचित स्थान हो ।
टाउको छिनाइएका शव फेला परे पनि हत्यामा प्रयोग गरिएका हतियार भने प्राप्त नभएको अधिकारीहरुको भनाइ छ । यो जेलमा क्षमतभन्दा बढी कैदीबन्दी राखिएको बताइएको छ । पर्यटकिय शहरका रुपमा पनि परिचित यो स्थान लागू पदार्थ र लगातार भइरहने यस्तै हिंसाका कारण अहिले मृत शहरझै बनेको बताइन्छ ।
२३ असार, एजेन्सी । मेक्सिकोको एक कारागारमा कैदीबन्दीबीच झडप हुँदा २८ जनाको मृत्यु भएको छ । दक्षिण पश्चिम मेक्सिकोको अकापुल्को शहरमा रहेको कारागार भित्र दुई विरोधी समूहबीच भएको झडपमा उनीहरुको मृत्यु भएको कारागार प्रशासनले जनाएको छ । धेरैजसो कूटपिटकै कारण मारिएका थिए भने केहीको टाउको काटेर हत्या गरिएको जनाइएको छ । अकापुल्को मेक्सिकोकै अत्यन्तै धेरै हिंसा हुने र लागू पदार्थ उत्पादन हुने केन्द्रका रुपमा परिचित स्थान हो । टाउको छिनाइएका शव फेला परे पनि हत्यामा प्रयोग गरिएका हतियार भने प्राप्त नभएको अधिकारीहरुको भनाइ छ । यो जेलमा क्षमतभन्दा बढी कैदीबन्दी राखिएको बताइएको छ । पर्यटकिय शहरका रुपमा पनि परिचित यो स्थान लागू पदार्थ र लगातार भइरहने यस्तै हिंसाका कारण अहिले मृत शहरझै बनेको बताइन्छ ।
काठमाडौं, साउन २१, २०८२ । सरकारले वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने उद्देश्यले राष्ट्रिय श्रम आप्रवासन नीति–२०८२
काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का
असार १७, काठमाडौं ।परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तनबाट प्रभावित मुलुकहरूका लागि जलवायु वित्त
सेभिया (स्पेन), असार १६ – प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारको आवश्यकतामा विशेष
९ असार २०८२, सोमबार जेरुसेलम — इजरायली सेनाले सोमबार पश्चिमी इरानका मिसाइल प्रक्षेपण स्थलहरूमा हवाई
वैशाख २३ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार अधिकारीहरूलाई अल्काट्राज कारागार पुनर्निर्माण र पुनः खोल्न निर्देशन