१८ असार , गुल्मी– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले जीत्दा उत्ताउलिने र हार्दा निराश हुने पार्टी नभएको स्पष्ट पारेका छन् ।
शनिवार गुल्मीको सदरमुकाम तम्घासको चिदिचौरमा भएको विजयीसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले शुरुवाती चरणको नतिजा आउँदा केही मिडियामा एमाले अत्तालिएको भन्ने समाचार प्रकाशित भएको प्रति व्यंग्य गर्दै सो कुरा बताएका हुन् ।
उनले भने, ‘हिजो अखबार हेर्नुभयो होला, गिन्ती शुरु हुने बित्तिकै अखबारमा खबर आयो, शुरुमै एमालेलाई धक्का, केपी ओली चिन्तित मुद्रामा । एउटा कुरा म भन्न चाहन्छु नेकपा एमाले कुनै जीतबाट खुसी भएर उत्ताउलिएर केटाकेटीलाई दशैँ आएजस्तो आँगनमा नाच्ने पार्टी होइन । दुई चार ठाउँमा हार्यो भने पनि आत्तिने पार्टी होइन, फेरि अगाडि बढ्ने पार्टी हो ।’
नेकपा एमालेले रेसुङ्गा नगरपालिकाको विजयी सभालाई सम्वोधन गर्न गुल्मी आएका ओलीले हालसम्म १ सय ७ स्थानको परिणाम आउँदा ५२ सिट एमालेले जितेको उल्लेख गरे । ‘नेपाली काँग्रेस पुरानो पार्टी पछिपछि आइरहेको छ, ३७ सिट ल्याएको छ । माओवादीले पनि उधुमै जितेको छ १९ सिट ल्याएको छ,’ उनले भने ।
हेर्नुहोस् भिडियो :
मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी
मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री
१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।
काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार
काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि
२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि