ओली : काँग्रेस पूरानो पार्टी पछिपछि आउँदैछ, माओवादीले उधुमै जित्यो

१८ असार , गुल्मी– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले जीत्दा उत्ताउलिने र हार्दा निराश हुने पार्टी नभएको स्पष्ट पारेका छन् ।

शनिवार गुल्मीको सदरमुकाम तम्घासको चिदिचौरमा भएको विजयीसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले शुरुवाती चरणको नतिजा आउँदा केही मिडियामा एमाले अत्तालिएको भन्ने समाचार प्रकाशित भएको प्रति व्यंग्य गर्दै सो कुरा बताएका हुन् ।

उनले भने, ‘हिजो अखबार हेर्नुभयो होला, गिन्ती शुरु हुने बित्तिकै अखबारमा खबर आयो, शुरुमै एमालेलाई धक्का, केपी ओली चिन्तित मुद्रामा । एउटा कुरा म भन्न चाहन्छु नेकपा एमाले कुनै जीतबाट खुसी भएर उत्ताउलिएर केटाकेटीलाई दशैँ आएजस्तो आँगनमा नाच्ने पार्टी होइन । दुई चार ठाउँमा हार्यो भने पनि आत्तिने पार्टी होइन, फेरि अगाडि बढ्ने पार्टी हो ।’

नेकपा एमालेले रेसुङ्गा नगरपालिकाको विजयी सभालाई सम्वोधन गर्न गुल्मी आएका ओलीले हालसम्म १ सय ७ स्थानको परिणाम आउँदा ५२ सिट एमालेले जितेको उल्लेख गरे । ‘नेपाली काँग्रेस पुरानो पार्टी पछिपछि आइरहेको छ, ३७ सिट ल्याएको छ । माओवादीले पनि उधुमै जितेको छ १९ सिट ल्याएको छ,’ उनले भने ।

हेर्नुहोस् भिडियो :

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

न्यायाधीश नियुक्ति क्षमता र पारदर्शिताका आधारमा हुनुपर्छ : सपना प्रधान मल्ल

भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल