
काठमाडौं– एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी आधार इलाका मानिने रुकुम रोल्पामा अझैं पनि बहुदल नआएको बताएका छन् ।
उनले रुकुम रोल्पामा लोकतन्त्र तथा गणतन्त्र आउनु परको कुरा भएको भन्दै बहुदल समेत नआएको दाबी गरेका हुन्। नेकपा एमाले काठमाडौं जिल्ला कमिटीले शनिबार राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै ओलीले भने , ‘रुकुम रोल्पामा गणतन्त्र , लोकतन्त्र त के बहुदल पनि आएको छैन । रुकुम रोल्पा अझैं पनि आतंकको छाँयामा बाँचेको छ।’
उनले रुकुम र रोल्पामा आएको मतपरिणामलाई संकेत गर्दै बहुदल पनि नआएको स्थानमा पनि एमालेले जित्नु चानचुने कुरा नभएको बताए । रोल्पाको एक स्थानीय तहमा एमालले जित्दा निर्वाचनमा रुकुमको सबै स्थानीय तहमा र रोल्पाका अधिकांश स्थानीय तहमा माओवादीले जित हासिल गरेको छ ।
ओलीले एमालेको देशव्यापी जितलाई कसैले रोक्न नसक्ने भन्दै कसैले मतगणनामा बखेडा झिके त्यो स्वीकार्य नहुने बताए । ‘एउटा वडा एमालेले जितेको छैन’, सिडिओ सारौं एसएसपी सारौं भन्छन् । गृहजिल्ला झापाको दमकको मतपरिणाम विवादलाई संकेत गर्दै ओलीले भने, ‘ फेरि उनीहरु नै एउटा वडा एमालेले नजित्दैमा ओली चिन्तामा डुब्यो भनेर पूरै हल्लाखल्ला गर्छन् । ’
कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारलाई ‘कृतिम सरकार’ को संज्ञा दिँदै ओलीले सरकारले तराई पहाड छुट्याउन असोज २ सम्मलाई निर्वाचन सारेको आरोप लगाए । उनले देउवा सरकार ब्याक फोर्सको आडमा चलेको समेत दाबी गरे । उनले कांग्रेसले आफूलाई लोकतान्त्रवादी भएको भन्दै ठूला कुरा गरेपनि असली लोकतन्त्रवादी एमाले भएको समेत दाबी गरे ।
कार्यक्रममा एमालेको तर्फबाट काठमाडौं महानगरपालिकामा विजयी जनप्रतिनिधिलाई ओलीले सम्मान गरेका थिए भने उनीहरुलाई राष्ट्रियता, स्वतन्त्रता, सार्वभौभिकता, भौगोलिक अखण्डता र स्वाभिमानको रक्षा हुने गरी जनताको काममा लाग्न निर्देशन दिए ।
मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी
मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री
१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।
काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार
काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि
२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि