July 1, 2017

नारायणगढ-मुग्लिन सडक झण्डै २४ घण्टादेखि अवरुद्ध

१७ असार, चितवन । नारायणगढ-मुग्लिन सडकखण्ड करिब २४ घण्टादेखि अवरुद्ध हुँदा यात्रुहरु मर्कामा परेका छन् । चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ६ मा पर्ने कालिखोलामा शुक्रबार बिहान ८ बजे पहिरो खसेपछि अवरुद्ध भएको सडक अझै सन्चालनमा आएको छैन ।जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख सन्तोष पन्तले अवरुद्ध सडक खुलाउन ५ वटा एक्जाभेटर र लोडर प्रयोग गरिएको जानकारी दिए ।शुक्रबार बिहान ८ बजे खसेको पहिरो हटाउन नपाउँदै पुनः मध्याह्न सवा १२ वजे ठूलो पहिरो खसेपछि बाटो खुलाउन समस्या भएको हो ।

सडक अवरुद्ध भएपछि काठमाडौंतर्फ जाने र काठमाडौंबाट चितवन तर्फ आउन लागेका करिब ४ हजार सवारी साधन र तिनका यात्रुहरु सडकमै अलपत्र परेका छन् । कतिपय गाडीहरु हेटौंडाको बाटो हुँदै आवत-जावत गरे पनि गाडीको चापले सो सडकमा पनि घण्टौं जामा हुने गरेको छ ।

नारायणगढ-मुग्लिन सडकको पहिरो हटाउने काम निरन्तर चलिरहे पनि ठूला-ठूला ढुंगा समेत देखिएकाले साँझैसम्म समय लाग्न सक्ने प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि