
काठमाडौ–म्याभरिक प्रालिको आधिकारिक बिक्रेता लेगो नेपाललाई सिङ्गापुरमा २०१७ जुन ११ देखि १५ सम्म आयोजित इमर्जिङ्ग एशिया डिस्ट्रीब्यूटर कन्फ्रेन्सले ‘उत्कृष्ट स्थानीय पहल २०१७’ द्वारा सम्मानित गरेको छ ।
१५ देशको सहभागिता रहेको उक्त कन्फ्रेन्समा ८ वटा वर्गमा अवार्ड वितरण गरिएको थियो । जस मध्ये लेगो नेपालले ३ वटा वर्गमा नोमिनेट हुँदै एउटा वर्गमा अवार्ड हात पार्न सफल भएको जनाइएको छ ।
लेगोले नेपालभर रहेका बालबालिकालाई आफ्नो नवीन तथा रमाइलो तरिकाले विभिन्न च्यानलको माध्यमबाट बालबालिकालाई अध्ययनको पृथक अनुभव प्रदान गर्दै आएको छ । सोही प्रयासको पहिचानमा उक्त अवार्ड लेगो नेपाललाई प्रदान गरिएको हो ।
म्याभरिक प्रालि नेपालका लागि लेगो, बार्भी, हट व्हीलस्, फिसर प्राइज र क्यानन्डेल ब्राण्डको आधिकारिक बिक्रेता हो । नेपालभर लेगोको ३० वटा भन्दाबढी स्ट्रोर रहेका छन् ।
काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका
असोज, ३ काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी
काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार
काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले
काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट
पीपुल नेपाल सम्बादाता भाद्र १४, काठमाडौँ । भोटेकोशीमा गत बुधबार बिहान आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन