असार २० देखि पेट्रोल नबेच्ने ब्यवसायीको घोषणा

no-petrol१० असार, काठमाडौं । पेट्रोलियम ब्यवसायीले बाग्मती अञ्चलभरि असार २० गतेबाट पेट्रोलको बिक्री वितरण रोक्ने भएका छन् । ‘सिंकेज एण्ड वर्किङ लस’ अत्यधिक भएको र त्यसको पूर्ति आयल निगमले नगरिदिएको भन्दै ब्यवसायीले आन्दोलन घोषणा गरेका हुन् ।

‘टेक्निकल लस’बारे पटक पटक ध्यानाकर्षण गराउँदा पनि माग पूरा नभएको भन्दै वाग्मती पेट्रोलियम डिलर्स एशोसिशयनले असार २० गतेबाट पेट्रोलमा हडतालको घोषणा गरेको हो ।

 

एशोशिसयनका अध्यक्ष अच्युतबहादुर खड्काले डिजेलको क्रिी नोरोकिने बताउँदै पेट्रोल भने २० गतेबाट बेच्न बन्द गरिने बताए ।

२० गतेसम्म आफ्ना कामगहरुको सुनुवाई नभए काठमाडौं उपत्यकासहित काभ्रेपलान्चोक, धादिङ, दोलखा, सिन्धुपाल्चोक, रामेछाप लगायतको जिल्लामा पेट्रोल बिक्री नगरिने उनले बताए ।

‘हामी २० गतेसम्म सरकारलाई हाम्रो माग पुरा गर्न समय दिन्छौं’ अध्यक्ष खड्काले भने, ‘पेट्रोल ढुवानी गरेर बेच्दासम्म हुने टेक्निकल लसहरुको सम्बोधन नहुँदा घाटा भएकाले पेट्रोल बेच्नै नसकिने भयो ।’

उनले २०गतेबाट आन्दोलन थाल्नुपर्ने र त्यसपछि पनि माग पुरा नहुने अवस्था आए डिजेल लगायत सबै पेट्रोलियम पदार्थको बिक्री रोक्ने चेतावनी दिए ।

वाग्मती पेट्रोलियम डिलर्स एशोशिसयन, नापतौल तथा गुणस्तर विभाग, नेपाल आयल निगम लगायताको संघसंस्थाले यसअघि नै पेट्रोलियम कारोबार गर्दा तेल नपुगेको प्रमाणित गरेका थिए ।

सरकारी निकायहरुको रोहवरमा गरिएको परीक्षणमा प्रति ४ हजार लिटर पेट्रोल ल्याएर बेच्दाससम्म ९९ लिटर र डिजेल ल्याउँदा ४८ लिटरसम्म अपुग भेटिएको थियो । आयल निगमले यो लसको पेट्रोलमा ३५ लिटर क्षतिपूर्ति दिने गरेको छ । ब्यवसायीले भने अब ९९ लिटर नै तेल निगमले क्षतिपूर्ति गनुपर्ने माग गरेका छन् ।

सरकारले आफ्नो मागलाई गभ्भीरता पूर्वक नलिएको भन्दै हड्तालको घोषणा गर्न आफूहरु वाध्य भएको व्यवसायीहरुले बताएका छन् ।

बाग्मती पेट्रोलियम डिलर्स एशोशिसयनको आन्दोलनमा पेट्रोलियम डिलर्स एशोशिसयनका अध्यक्ष लिलेन्द्र प्रधान, महासचिव विश्व अर्याल लगायतका केन्द्रीय पदाधिकारीहरुले समेत सहयोग र समर्थन रहने बताएका छन् ।

आयल निगमका प्रवक्ता सीतारम पोखरेलले डिपोमा तेल भर्दा एशोसियसनकै रोहबरमा तेल भर्ने गरेको बताए । पम्पमा ल्याएर खन्याउँदा पनि पुरा परिमाणकै तेल भएको प्रमाणित गर्दै अनलोड गरिने भएकाले थप क्षतिपूर्ति दिन सकिने बताए ।

‘हामीले केही प्रतिशत क्षतिपूर्ति पनि दिइरहेका नै छौं, हामीले ब्यवसायीकै रोहबरमा तेल लोड-अनलोड गर्छौं’ पोखरेलले भने,’ अान्दोलनबारे हामीलार्इ  जानकारी पनि अाएको छैन, अवस्था हेरेर निर्णय गर्छाैं । ‘

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ट्राफिक प्रहरीलाई जरिवानासम्म सीमित अधिकार, लाइसेन्स वा साँचो नियन्त्रण गैरकानुनी: सर्वोच्च

वैशाख १८, काठमाडौँ।  सर्वोच्च अदालत ले ट्राफिक नियम उल्लंघनका नाममा सवारी चालकको लाइसेन्स, ब्लुबुक वा

उच्च पदाधिकारीको सम्पत्ति छानबिन सुरु

काठमाडौँ, वैशाख १७ ।  सार्वजनिक पदमा रहेका तथा सेवा निवृत्त उच्च पदाधिकारीको सम्पत्ति छानबिन गर्न

अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु ; ११ जना घाइते

क्यानबेरा (अस्ट्रेलिया) १६वैशाख (रासस/एएनआई) : दक्षिण अस्ट्रेलियाको एडिलेडको पाराफिल्ड एयरपोर्टमा अवतरण गर्ने क्रममा विमान दुर्घटना

मे दिवसको सन्दर्भमा  जिफन्टको  घोषणा: “अबको श्रमिक आन्दोलन नयाँ ढंगले अगाडि बढाउँँछाै”

बैशाख १५, काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले १३७औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस)

ठूला सेयरधनीलाई कालोसूचीमा राख्ने प्रावधान संवैधानिक: सर्वोच्च

काठमाडौँ, १३ वैशाख २०८३।सर्वोच्च अदालत को संवैधानिक इजलासले १५ प्रतिशत वा सोभन्दा बढी सेयर स्वामित्व

चौतर्फी बिरोधपछि २७ दिनमै राजीनामा दिन बाध्य भए गृहमन्त्री सुदन गुरुङ

काठमाडौं, बैशाख ९ । गृहमन्त्री सुदन गुरुङले पद सम्हालेको २७ दिनमै राजीनामा दिएका छन्। विवादित