भारतबाट गोही ल्याउने तयारी

crocodile7

८ असार, चितवन । राप्ती र नारायणी नदीमा प्राकृतिक रुपमा प्रजननमा सहयोगी मानिएको एकमात्र भाले घडियाल गोही मरेपछि भारतीय सीमा क्षेत्रबाट भाले गोही ल्याउनका लागि पहल थालिएको छ ।

भाले गोही मरेसँगै सङ्कटापन्न अवस्थामा रहेको गोहीको प्रजननमा समस्या देखिएको छ ।

 

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले कर्णाली नदीमा बर्दियाको सीमा क्षेत्र कतर्निया घाटबाट भाले गोही ल्याउन पहल भइरहेको बताए ।

गत महिना भाले गोही मरेसँगै आफूले उत्तर प्रदेश वन विभागका अतिरिक्त सचिव आषिश तिवारीसँग टेलिफोनमा यस विषयमा कुरा गरेको उनले बताए ।

निकुञ्जका सहायक संरक्षण अधिकृत बेदबहादुर खड्काले हालसम्म नेपालका नदीमा एक हजार २४६ वटा गोही प्रजनन केन्द्र कसरामा हुर्काएर छाडिएको भए पनि सन् २०१६ मा गणना गर्दा नेपालका नदीमा १९८ वटा गोहीमात्र फेला परेका बताए । जसमध्ये राप्ती र नारायणीमा मात्र १६६ वटा गोही फेला परेका थिए ।

गोहीले सामान्यतयाः ३० देखि ३२ डिग्री सेन्टिग्रेडको तापक्रममा अन्डा पार्ने गर्छ । प्रमुख संरक्षण अधिकृत कँडेलले भने – “३१ दशमलव ६ डिग्रीमा पारिएका अन्डाबाट केही भाले निस्कने भए पनि तापक्रम तलमाथि भएमा पोथीमात्रै निस्कने गर्छ ।” त्यो तापक्रम मिलाउन आफैंमा कठिन हुने भएकाले पनि पोथीमात्र कोरल्ने गरेको उनले बताए ।

रासस

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार: ९ स्थानीय तह र साझा यातायातबीच समझदारी

काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

सेना राजनीतिक विवादमा मुछिनु दुःखद् : ओली

  काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

पुनर्स्थापनामा केन्द्रित सरकार, ९३९ शव फेला

  काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट

भोटेकोशी बाढी: बेपत्ताको यकिन तथ्याङ्क आउन बाँकी, सञ्चार अवरुद्ध हुँदा उद्धार र पहिचानमा जटिलता

पीपुल नेपाल सम्बादाता भाद्र १४, काठमाडौँ । भोटेकोशीमा गत बुधबार बिहान आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन