वित्तीय जागरण राष्ट्रिय अभियानअन्तर्गतको कार्यक्रम बुधबार काभ्रेको भकुण्डेवेसीमा सम्पन्न भएको छ । मिडिया इन्टरनेशनलको आयोजना तथा नेपाल राष्ट्र बैंकको प्रवद्र्धनमा सञ्चालन भइरहेको अभियानअन्तर्गत यसपटकको कार्यक्रम काभ्रेमा गरिएको हो । 
कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा अनुसन्धान विभागका प्रमुख नरबहादुर थापाले बैंकिङ क्षेत्रलाई प्रयोग गरेर समृद्धि हासिल गर्न सबैलाई आह्वान गरे । नेपालको आर्थिक विकासमा बैंक तथा वित्तीय संस्थाहरुको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै थापाले वित्तीय सेवाको पहुँच नपुगेको स्थानमा छिटै बैंकिङ शाखा विस्तार गर्नुपर्ने कुरामा जोड दिए । राष्ट्र बैंकले नीति तर्जुमा गर्दा अध्ययन गर्ने गरेको जानकारी दिँदै कार्यकारी निर्देशक थापाले राष्ट्र बैंकको नीतिमाथि प्रश्न नउठाउन आग्रह समेत गरे ।
त्यस्तै, नमबुद्ध नगरपालिकाका उपप्रमुख बामदेब तामाङले बैंकिङ क्षेत्रले मुलुकको विकासमा ठूलो योगदान दिने भन्दै यो क्षेत्रमा राम्रो नीति ल्याइनुपर्ने बताए । अहिले बैंकिङ क्षेत्रमा व्याज महँगो भएको जानकारी गराउँदै उनले यसप्रति ध्यान दिनुपर्ने समेत बताए । कार्यक्रममा मेरो माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिईओ) रामहरी दाहालले लघुवित्तहरुको महत्व र आवश्यकताका बारेमा प्रष्ट पारे । त्यस्तै, विन्धवासिनी सहकारीका प्रमुख मेनेजर केबी लामाले बैंक नपुगेको ठाउँमा पनि सहकारीहरुले सेवा पुर्याइरहेको बताए ।
कार्यक्रममा बोल्दै वित्तीय साक्षरता राष्ट्रिय अभियानका संयोजक माधव निर्दोषले समग्र मुलुकको समृद्धिको लागि वित्तीय साक्षरता हुनु जरुरी रहेको बताए । बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएसन र माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकर्स एसोसिएसनको समेत सहकार्य रहेको वित्तीय साक्षरता कार्यक्रम देशव्यापी रुपमा सञ्चालन भइरहेको छ । नेपाल राष्ट्र बैंकको वित्तीय साक्षरता नीति अन्तर्गतको यो राष्ट्रिय कार्यक्रम हो ।
वाशिङ्टन डिसी (अमेरिका), असोज ३० गते । विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहनुभएका अर्थमन्त्री
काठमाडौँ, असोज १२ ।नेपाल विद्युत प्राधिकरण (नेपा) ले २४ वटा सौर्य ऊर्जा आयोजनासँग विद्युत खरिद
काठमाडौं, असोज १० (शुक्रबार)। अर्थ मन्त्रालयमा आज स्थानीय दातृ निकाय र अन्तर्राष्ट्रिय साझेदार निकायका प्रमुखहरूसँग
काठमाडौँ, भदौ ३ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी तथा उद्यम गर्न कुनै अवरोध
काठमाडौँ, असार २७ — नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लचिलो र
काठमाडौँ, जेठ २७ – उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले ल्याएको बजेट आर्थिक सुधारको