असार ३, २०७४- राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डल सदस्य राजेन्द्र महतोले प्रमुख तीन दल कांग्रेस, एमाले र माओवादी केन्द्र र वर्तमान सरकार मिलेर देशलाई भाँड्ने काम गरिरहेको आरोप लगाएका छन् । उनले मधेस, जनजाति र थरुहटको समस्या समाधान नगराई गरिने निर्वाचनमा आफूहरु कुनै पनि हालतमा भाग नलिने जिकिर गरे । उनले भने,‘हाम्रा समस्या समाधान नभएसम्म हामी कुनै पनि निर्वाचनमा भाग लिँदैनौं, यो हाम्रो बटमलाईन हो ।’
शनिबार रिपोर्टर्स क्लबमा भएको साक्षात्कारमा बोल्दै नेता महतोले ठूला दलले मधेस र थरुहटलाई एक हुन नदिन षड्यन्त्र गरिरहेको आरोप समेत लगाए । उनले मुलुकलाई बर्वादीबाट बचाउनका लागि आफूहरुले संघर्षका कार्यक्रम सार्वजनिक गरेको स्पष्ट पारे । उनले मधेसी तथा आदिवासी जनताले अधिकार प्राप्तिको लागि सहादत दिएको कुरा लत्याएर कोही पनि अघि बढ्न नहुने धारणा राखे । महतोले आफूहरुले संवैधानिक घेराभित्र रहेर संघर्षका आन्दोलनहरु सार्वजनिक गरेको समेत दाबी गरे ।
मधेसी तथा जनजातिहरुले उठाएका माग पूरा गराई मेचीदेखि महाकालीसम्म, झापादेखि कञ्चनपुरसम्म र मधेसदेखि थरुहटसम्म एकैपटक निर्वाचन हुनुपर्ने उनको भनाइ थियो । उनले बल प्रयोग गरेर र जनता मारेर निर्वाचन गराइए मुलुकलाई असफलतातर्फ धकेल्नुबाहेक अरु केही नहुने समेत ठोकुवा गरे ।
उनले प्रदेश नम्बर २ को निर्वाचनको मिति सार्ने कुरामा आफूहरुको कुनै पनि सहमति नरहेको भनाइ दाहोर्याए । उनले सरकारलाई मूर्खको संज्ञा दिँदै भने,‘अरे, मुर्ख ! हदको पनि सीमा हुन्छ नि, २ नम्बर प्रदेशमात्रै मधेस हो र ?’उनले तीन ठूला दल र सरकारले फुटाउ र शासन गर भन्ने नीति लिएको समेत आरोप लगाए ।
वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको
तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फाल्गुण २८, ललितपुर । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा
फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता