
असार ३, २०७४- राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डल सदस्य राजेन्द्र महतोले प्रमुख तीन दल कांग्रेस, एमाले र माओवादी केन्द्र र वर्तमान सरकार मिलेर देशलाई भाँड्ने काम गरिरहेको आरोप लगाएका छन् । उनले मधेस, जनजाति र थरुहटको समस्या समाधान नगराई गरिने निर्वाचनमा आफूहरु कुनै पनि हालतमा भाग नलिने जिकिर गरे । उनले भने,‘हाम्रा समस्या समाधान नभएसम्म हामी कुनै पनि निर्वाचनमा भाग लिँदैनौं, यो हाम्रो बटमलाईन हो ।’
शनिबार रिपोर्टर्स क्लबमा भएको साक्षात्कारमा बोल्दै नेता महतोले ठूला दलले मधेस र थरुहटलाई एक हुन नदिन षड्यन्त्र गरिरहेको आरोप समेत लगाए । उनले मुलुकलाई बर्वादीबाट बचाउनका लागि आफूहरुले संघर्षका कार्यक्रम सार्वजनिक गरेको स्पष्ट पारे । उनले मधेसी तथा आदिवासी जनताले अधिकार प्राप्तिको लागि सहादत दिएको कुरा लत्याएर कोही पनि अघि बढ्न नहुने धारणा राखे । महतोले आफूहरुले संवैधानिक घेराभित्र रहेर संघर्षका आन्दोलनहरु सार्वजनिक गरेको समेत दाबी गरे ।
मधेसी तथा जनजातिहरुले उठाएका माग पूरा गराई मेचीदेखि महाकालीसम्म, झापादेखि कञ्चनपुरसम्म र मधेसदेखि थरुहटसम्म एकैपटक निर्वाचन हुनुपर्ने उनको भनाइ थियो । उनले बल प्रयोग गरेर र जनता मारेर निर्वाचन गराइए मुलुकलाई असफलतातर्फ धकेल्नुबाहेक अरु केही नहुने समेत ठोकुवा गरे ।
उनले प्रदेश नम्बर २ को निर्वाचनको मिति सार्ने कुरामा आफूहरुको कुनै पनि सहमति नरहेको भनाइ दाहोर्याए । उनले सरकारलाई मूर्खको संज्ञा दिँदै भने,‘अरे, मुर्ख ! हदको पनि सीमा हुन्छ नि, २ नम्बर प्रदेशमात्रै मधेस हो र ?’उनले तीन ठूला दल र सरकारले फुटाउ र शासन गर भन्ने नीति लिएको समेत आरोप लगाए ।
काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका
असोज, ३ काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी
काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार
काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले
काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट
पीपुल नेपाल सम्बादाता भाद्र १४, काठमाडौँ । भोटेकोशीमा गत बुधबार बिहान आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन