सरकारले चाहे गोलाबारुदका बीच पनि चुनाव हुनसक्छः उपेन्द्र यादव

 

upendra-yadav

मंगलबार विराटनगरस्थित आफ्नै निवासमा कुराकानी गर्दै फोरम अध्यक्ष यादवले जनता चुनावको पक्षमा रहेको बताए । साथै जनताको मताधिकार प्रयोग गर्ने अधिकारलाई रोक्ने समर्थ्य राजपाको आमहड्तालमा नरहेको बताए ।

 

राजपाको नाम नलिई उनले प्रश्न गरे, ‘मधेसका नेता भन्नेहरुले प्रधानमन्त्रीको चुनावमा भोट हाल्ने अनि जनताले मताधिकार प्रयोग गर्न पाउने अधिकारलाई चाहीँ भोट नहाल भनेर दोधारे चरित्र देखाउन मिल्छ ?

विप्लव माओवादीले पहिलो चरणको चुनाव रोक्न खोजेको स्मरण गराउँदै यादवले भने, ‘पश्चिम पहाडमा विप्लवले रोकेकै हुन् । बम पनि हानेकै हुन् । तर पनि ७४ प्रतिशत मतदान भयो । जनता मतदान चाहन्छ, निर्वाचित संस्था चाहन्छ ।’

आन्दोलनका कारण एकाध ठाउँमा चुनाव प्रभावित भएपनि पूर्ण रुपमा नरोकिने उनले बताए ।

यादवले भने, ‘केही पार्टीका केही कार्यकर्ताले रोक्दैमा जनता रोकिएला त ? रोकेपनि कुनै कुनै ठाउँमा रोकिएला । एक नम्बरमा त कुनै हावा पनि चलेको छैन उहाँहरुको ।’

जनताले निर्वाचित प्रतिनिधि आउन् र विकास होस् भन्ने चाहेको भन्दै फोरम अध्यक्ष यादवले आन्दोलन छाडेर चुनावमा आउन राजपालाई आग्रह गरे ।

उनले निर्वाचनसँगै सरकारले पनि संविधान संशोधनलाई पनि अघि बढाउनु पर्नेमा जोड दिए । ‘सकिन्छ भने चुनाव अगावै, नभए चुनावपछि संविधान संशोधन गर्न सरकार तयार हुनुपर्छ,’ फोरम नेपालका अध्यक्ष यादवले भनेका छन् ।

संघीयता र गणतन्त्रमाथि चौतर्फीरुपमा राजनीतिक प्रहार हुन थालेको भन्दै फोरम अध्यक्ष यादवले तोकिएकै समयमा तीन चरणको चुनाव गर्न नसकिए आन्दोलनवाट प्राप्त अधिकार गुम्ने खतरा बढ्ने औंल्याए । जनयुद्ध र जनआन्दोलनपछि शक्ति र सामर्थ्य गुमाएकाहरुले फेरि शक्ति आर्जन गर्न खोजेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार: ९ स्थानीय तह र साझा यातायातबीच समझदारी

काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

सेना राजनीतिक विवादमा मुछिनु दुःखद् : ओली

  काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

पुनर्स्थापनामा केन्द्रित सरकार, ९३९ शव फेला

  काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट

भोटेकोशी बाढी: बेपत्ताको यकिन तथ्याङ्क आउन बाँकी, सञ्चार अवरुद्ध हुँदा उद्धार र पहिचानमा जटिलता

पीपुल नेपाल सम्बादाता भाद्र १४, काठमाडौँ । भोटेकोशीमा गत बुधबार बिहान आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन