असार १, २०७४- निर्वाचन आयोगले पटक पटक निर्वाचन सार्दा राम्रो नहुने प्रस्ट पारेको छ ।
सत्तारुढ दलका शीर्ष नेताहरुसँग बिहीबार सिंहदरबारमा भएको छलफलमा आयोगका पदाधिकारीहरुले असार १४ गतेको निर्वाचनका लागि सम्पूर्ण तयारी अवस्थामा रहेकोले निर्वाचन सार्नु नहुनेमा जोड दिएका हुन् । आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले छलफलमा निर्वाचन तयारी, सुरक्षा व्यवस्थालगायत विषयमा छलफल भएको बताउँदै आयोगले निर्वाचन सार्न नहुने सल्लाह सरकारलाई दिएको कान्तिपुरलाई जानकारी दिए । यसअघि राजपालाई चुनावमा ल्याउन भन्दै सरकारले वैशाख ३१ गतेको लागि तोकिएको स्थानीय तह निर्वाचन दुई चरणमा गर्ने निर्णय गरेको थियो । त्यसपछि जेठ ३१ मा सारिएको चुनाव असार ९ हुँदै १४ पुर्याइएको छ ।
सरकारले राष्ट्रिय जनता पार्टीलाई चुनावमा ल्याउन छलफल जारी राखिएकै बेला आयोग पदाधिकारीसँग छलफल गरेको हो । केही दिन निर्वाचन सारेर भएपनि राजपालाई चुनावमा सहभागी गराउन सकिन्छ कि भन्ने पक्षमा सत्तारुढ दलहरु छन् । प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्तापक्षले पछिल्लो समय लगातार राजपालाई चुनावमा ल्याउन गरेको प्रयास असफल हुँदै आएको छ । बिहीबार सिंहदरबारमा प्रमुख दल कांग्रेस, एमाले, माओवादी र राजपाको संयुक्त बैठक बस्दैछ । बुधबार बेलुकीको बैठक बिनानिष्कर्ष टुंगिएको थियो ।
राजपाले संविधान संशोधन नगरिएको, जनसंख्याको अनुपातमा तराईमा स्थानीय तहको संख्या नबढाइएको भन्दै आन्दोलन जारी राखेको छ ।
काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका
असोज, ३ काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी
काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार
काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले
काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट
पीपुल नेपाल सम्बादाता भाद्र १४, काठमाडौँ । भोटेकोशीमा गत बुधबार बिहान आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन