राजेन्द्रले उपेन्द्रलाई दिए यस्तो जवाफ

rajendra_xMLT5x9mPmपर्सा– राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतो आन्दोलको नेतृत्व गर्न बुधबार वीरगञ्ज आइपुगेका छन् । मध्यान्न वीरगञ्ज आइपुगेका महतोले सडकमै पत्रकार सम्मेलन गरेर संविधान संशोधन नभएसम्म कम्तिमा मधेशका जिल्लाहरुमा निर्वाचन नगर्न सरकारसँग आग्रह गरेका छन् । वीरगंजको घण्टाघरस्थित सडकमै पत्रकार सम्मेलन गर्दै नेता महतोले विवाद नभएका ठाउँमा निर्वाचन गरे आफुहरुलाई आपत्ति नहुने भन्दै संविधान संशोधन विना मधेशमा निर्वाचन गरे त्यसको प्रतिकार गर्ने चेतावनी दिए । महतोले झापा, मोरङ, सुनसरीदेखि कञ्चनपुर सम्म १९ जिल्लामा निर्वाचन नगर्न आग्रह गरे ।  उनले मधेशमा जवर्जस्ती बन्दुकको बलमा निर्वाचन गराए मधेश र देश वर्वादितर्फ जाने चेतावनी पनि दिए । ‘संविधानमा मधेशी, दलित, जनजाति लगाएतको अधिकार खोसीएको र सोहि संविधान कार्यान्वयन गर्न अहिलेको निर्वाचन हुन लागेकोले यसलाई सामान्य रुपमा लिन सकिदैन’ महतोले बताए ।मधेश आन्दोलनको क्रममा पक्राउ परेकाहरुको मुद्धा फिर्ता, जनसख्ंयाको आधारमा स्थानीय निकायको संख्या बृद्धि, आन्दोलनमा ज्यान गुमाएकाहरुलाई शहिद घोषणा, राजपाको बटम लाईन रहेको महतोको भनाई थियो । उनले सरकारले आफ्ना माग पुरा गर्नेतर्फ अग्रसर भए आन्दोलनको स्वरुप परिवर्तन हुने बताए । उनले कांग्रेस एमाले र माओवादीले संविधान संशोधन नै नचाहेको आरोप लगाए । ‘कहिले कांग्रेस मानेन, कहिले एमाले मानेन र कहिले माओवादी मानेन भनेर संबिधान संशोधन नभएको हो । अधिकार खोस्ने बेला तिनै पार्टी एक हुने अनि अधिकार दिने विषयमा यो मानेन त्यो मानेन भनेर हुन्छ ?भन्दै प्रश्न गरे ।

मधेशी जनता आन्दोलनमा होमिएको बेला उपेन्द्र यादव निर्वाचनमा गएको भन्दै नेता महतोले यादवको मानसिक सन्तुलन गुमेको टिप्पणी गरे । ‘संविधान पुनर्लेखन गर्छु भन्ने उपेन्द्र यादव अहिले संशोधन समेत नगराई निर्वाचनमा गएका छन् र आन्दोलन गर्ने मधेशीलाई पारीबाट आएको भन्दैछन् उनको मानसिक सन्तुलन ठिक छैन’नेता महतोले भने । नाकाबन्दीका बेला पुर्व प्रधानमन्त्री केपी ओलीले मधेशी जनतालाई पारीबाट आएको भन्ने गरेकोमा अहिले उपेन्द्रले नै उक्त भाषा बोल्नुले उनि केपी ओलीको अवतार भएको आरोप लगाए । पत्रकार सम्मेलनमा राजपाका उपाध्यक्ष सरोज यादव, महामन्त्रि जितेन्द्र सोनल लगाएतका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जिफन्टको ‘रिपोर्ट’ : २१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्

 वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

चैत १ गतेदेखि १५ वैशाखसम्म कान्तिराजपथ बन्द

 फाल्गुण २८, ललितपुर । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा

म राजनीतिमा रहुन्जेल उथलपुथल भइरहन्छ:प्रचण्ड

फागुन २१, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली राजनीति पुनः नयाँ मोडमा आइपुगेको भन्नुहुँदै आफू

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

  ४३ जना जिल्ला न्यायाधीशका लागि  विज्ञापन

माघ २६,काठमाडौँ   । न्याय सेवा आयोगको परीक्षा महाशाखाले  ४३ जना जिल्ला न्यायाधीशका लागि  विज्ञापन  गरेको