२९ जेठ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हिरासतमा रहेका आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्मासँगको प्रारम्भिक वयानका क्रममा कम्तिमा २१ अर्ब रुपैयाँ राजश्व हिनामिना गरेको पाइएको छ ।अख्तियारले गरेको प्रारम्भिक अनुसन्धानले यति ठूलो आर्थिक घोटला भएको देखाएको हो । अनुसन्धान सकिदासम्म यो अंकमा बृद्धि हुने आयोगले अनुमान गरेको छ ।आयोगले अहिलेसम्म कर फछर्यौट आयोगले गरेका निर्णयका १ हजार ७८ फाइलमध्ये ८७ वटा फाइलको अनुसन्धान सकेको अख्तियार स्रोतले जनाएको हो ।
अनुसन्धानमा संलग्न एक अधिकारीका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा ४० अर्ब ८३ करोड बढि कर फछर्यौटको निर्णय गर्दा राज्यकोषमा जानुपर्ने २१ अर्ब रुपैयाँ छुट दिएको देखिएको छ । यो राज्य कोषमा देखिनु पर्ने तर, नदेखिएको रकम हो । र, यसलाई नै शंकाको घेरामा राखेर अख्तियारले अनुसन्धान गरिरहेको छ ।कर टको सबै फाइल अध्ययन गरिसक्दा यो हिसाब थप बढ्न सक्ने अनुमान गरिएको छ । आयोग स्रोतका अनुसार यो प्रकरणका सबै फाइल अध्ययन गरी अनुसन्धान गर्न कम्तिमा एक महिना लाग्नेछ ।एक उच्च अधिकारीले भने, ‘अहिलेसम्मकै सबैभन्दा ठूलो घोटाला र नौलो प्रकारको घटना हो यो । यसमा धेरै प्राविधिक जटिलताहरु पनि छन् । अनुसन्धान र मुद्दा प्रक्रियामा कठिनाई पनि छन् ।’यसको सफल अनुसन्धानपछि यस्ता थप ठूला घोटलामा हात हाल्ने अख्तियारको दामबी छ ।
अध्यक्ष र सदस्यलाई पनि पत्र काट्यो
अख्तियारले कर फछर्यौट आयोगका अध्यक्ष लुमध्वज महत र सदस्य उमेश ढकाललाई पनि आयोगमा हाजिर हुन पत्र काटेको छ । उनीहरुलाई तीन दिनभित्र आयोगमा उपस्थित भएर बयान दिन भन्दै आइतबार पत्र काटिएको हो ।त्यस्तो पत्र उनका परिवारका सदस्यहरुले बुझेका छन् । कर फछ्र्यौट आयोगका अध्यक्ष महत उपचारका लागि भन्दै अहिले विदेशमा रहेको उनको परिवारले आयोगलाई जनाएको छ । आयोगका सदस्य ढकाल भने नेपालमै छन् ।कर फछर्यौट गर्नका लागि गठित आयोगको सदस्य सचिवमा अध्यक्ष महतका विश्वासपात्र सहसचिव चुडामणी शर्मा थिए । शर्मा यसअघि सम्पत्ति शुद्धीकरणको प्रमुख पनि थिए ।अख्तियारले उनीहरु सम्पर्कमा नआए पक्राउ गरेर पनि उनीहरुमाथि पनि अनुसन्धान थाल्ने बताएको छ ।
शर्माले आयोगलाई टेरेका थिएनन्
महालेखा परिक्षकको प्रतिवेदनले कर फछर्यौट आयोगले कर फर्र्छौटका नाममा आर्थिक हिनामिना गरेको प्रतिवेदन सार्वजनिक गरेपछि अख्तियारले चासो राखेको थियो । त्यस क्रममा अख्तियारले पटक/पटक शर्मासँग कर फर्र्छौटसँग सम्वन्धित फाइल मागेको थियो । तर, शर्माले अख्तियारलाई कुनै पनि कागजपत्र नदिएको र अन्य सदस्य र अध्यक्षलाई पनि त्यस्ता दस्तावेज नदिन दबाव दिएको खुलेको छ ।अख्तियारले उनलाई पक्राउ गरेपछि मात्र अहिलेसम्म भर्खर ८७ वटा फाइलमात्र अख्तियारलाई बुझाएका छन् । अन्य फाइलको अनुसन्धान गर्नै बाँकी रहेको छ । शर्मा अहिले अख्तियारको हिरासतमा छन् ।
विरामीको अभिनय गर्दै शर्मा
शर्मा अहिले अख्तियारको हिरासतमा रहेका छन् । अख्तियारले उनीसँग सोमबार समेत गरी तीन पटक वयान लिइसकेको छ ।पक्राउ परेदेखि नै उनले आफ्नो स्वास्थ्य अवस्था ठिक नभएको भन्दै पटक/पटक अस्पताल जान चाहेको स्रोतले जनाएको छ । अख्तियार स्रोतले भन्यो, कुनै दिन त एकै दिन तीन पटकसम्म वीर अस्पताल लगियो ।’वीर अस्पतालमा भएको स्वास्थ्य परिक्षणमा उनको स्वास्थ्य स्थिती सामान्य देखिएको थियो । तर, उनले आफूलाई गाह्रो भइरहेको बताएपछि नर्भिकमा लगेर पनि उपचार गरिएको थियो ।अहिलेसम्मको स्वास्थ्य जाँचमा कुनै समस्या नदेखिएको अस्पतालले बताएको स्रोतले बताएको हो ।
यस्ता छन् शर्माका घोटला
सहसचिव शर्माले कर फछ्र्यौटका क्रममा अधिकाशं त्यस्ता करदाता कम्पनीहरुलाई ९९ प्रतिशतसम्म कर छुट गराएर राज्यलाई घाटा पारेको देखिएको छ । त्यस्तो रकम संलग्नहरुवीच बाँडफाँड भएको देखिएको हो ।उनले मदिरा उत्पादक कम्पनीहरुलाई यस्तो छुट दिएका छन् । एक मदिरा कम्पनीले छुट माग गरेको रकम नै नखुलाई पटकपटक गरी छुट दिएको, मदिरा बनाउने कच्चा पदार्थ गोलमाल गरी लुकाएकोमा निर्धारण भएको कर पनि मिनाहा गरेको पाइएको छ ।यतिसम्मकी एउटा मेशिन खरिद कम्पनीले कट्टा गर्नुपर्ने कर २६ लाख र कम्पनीको आयकर १ करोड २५ लाख रुपैयाँका लागि ३ लाख रुपैयाँमा सहमति गरी बाँकी रुपैँया मिनाह गरेको देखिएको छ । यसरी उनले राज्यले पाउनु पर्ने राजस्व रुपैयाँ मध्ये कम्तिमा ९९ प्रतिशतसम्म मिनाह गरेको पाइएको हो ।यस्तै कर फ्छर्यौट आयोगले सफाई दिएको एउटा व्यापारिक र्फमले ४ अर्ब रुपैयाँ राजस्व तिर्नुपर्ने देखिएको थियो । आयोगले ४ करोड रुपैयाँ असुलेर अरु रकम मिनाह गरेको पाइएको एक अनुसन्धान अधिकृतले बताए ।
– अधिवक्ता तारानिधि पन्त नेपालमा सम्बन्धविच्छेदका घटना निरन्तर बढिरहेका छन्। केही दशकअघि समाजमा दुर्लभ मानिने
गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
काठमाडौं, १३ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात सदस्यीय पार्टी सचिवालय गठन गरेको छ।
काठमाडौं, १४ साउन। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसिरहेको छ। प्रधानमन्त्रीको
पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा