२९ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाले पुनर्निर्माणका क्रममा रहेको रानीपोखरीलाई परिस्कृत डिजाइनमा बनाउने भएको छ ।
पुनर्निर्माण सुरु भएको १८ महिना भइसक्यो तर, गति निकै सुस्त छ । रानीपोखरीको मध्य भागमा रहेका बालगोपालेश्वर मन्दिर पुर्निर्माणमा भएको विवादले पनि केही समस्या भयो । तर, अब ‘फाइनल डिजाइन’ तयार भएको छ ।
महानगरपालिकाले यसअघि पनि रानीपोखरीको डिजाइन तयार पारेको थियो । तर, विभिन्न पक्षको सुझावलाई समट्दै फाइनल कन्सेप्ट बनाइएको छ । महानगरका भौतिक पूर्वाधार महाशाखा प्रमुख उत्तरकुमार रेग्मीको नेतृत्वमा डिजाइन फाइनल गरिएको हो ।
यसकै आधारमा रानीपोखरीको पुनर्निर्माण अघि बढ्ने महानगरका कार्यकारी अधिकृत ईश्वरराज पौडेलले बताए ।
नयाँ डिजाइन अनुसार रानीपोखरीमा शान्ति बाटिकासमेत समेटिनेछ । रानीपोखरीको ऐतिहासिकतालाई जोगाउँदै सुन्दर र हरियाली पार्कका रुपमा विकास गर्ने गरी निर्माण अघि बढ्ने रेग्मीले बताए ।

नयाँ डिजाइनअनुसार काम गर्न अब करिब १० करोड रुपैयाँ खर्च हुनेछ । अहिले ७ करोड रुपैयाँको ठेक्का लागेर काम भइरहेको छ । अबको एक वर्षभित्र रानीपोखरीलाई नयाँ डिजाइन अनुसार ब्यवस्थित गरिसक्ने रेग्मीले बताए ।
रानीपोखरीमा रंगीन ‘म्युजिकल वाटर फाउन्टेन’ तयार गरिनेछ । रानीपोखरी पार्कमा परिणत भएपछि साँझमा समय बिताउने पार्कको अभाव हट्ने महानगरको विश्वास छ । साथै रानीपोखरी वरिपरि बगैंचा र त्यसलाई घेरेर फुटपाथ बनाइनेछ ।

शान्ति बाटिकामा एउटा छेउमा रेष्टुरेन्टसहितको कफी सप हुनेछ । त्यसमा साना सेमिनारहरु गर्न मिल्ने स्थानको विकास गरिनेछ । पार्कमा बसेर साना कार्यक्रम गर्न सकिने गरी दुई वटा स्थान तयार गरिने रेग्मीले बताए ।
शान्ति बाटिकाभित्र साना बालबच्चा खेल्न मिल्ने प्लेग्राउण्ड पनि राखिनेछ । मन्दिरको बिपरित दिशामा सानो वाटर फाउन्टेन राखिनेछ । योसँगै पार्कमा आकर्षक लाइटहरु राखिने छ । चौबीसै घण्टा लाइनको व्यवस्था हुनेछ ।

रानीपोखरीलाई पार्कमा परिणत गरेपछि सर्वसाधारणका लागि खुला गरिनेछ । अहिले तिहार र छठ बाहेकको समयमा रानीपोखरीमा प्रवेश गर्न पाइँदैन । पानीको फोहोरा मात्र होइन, पोखरी वरिपरीको भागसमेत विभिन्न कलरको लाइटले सजाइनेछ ।
उनले राजधानी आएपछि घुम्नैपर्ने स्थलका रुपमा रानीपोखरीलाई परिणत गर्ने रेग्मीले बताए । ‘यसको पुनर्निर्माणबारे बारम्बार चासो ब्यक्त भइरहेको छ’ रेग्मीले भने, ‘अब रानीपोखरी कस्तो बन्छ भन्ने कुरा निश्चित भयो । काम अब तीब्र गतिमा हुन्छ ।’


अन्लाइन खबरबाट
असार ९,चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पहिलो महाधिवेशनअन्तर्गत नेतृत्व चयन प्रक्रियालाई थप व्यवस्थित,
अहमदावाद, भारत — भारतको अहमदावादमा जुन ४ देखि ८, २०२६ सम्म सम्पन्न प्रथम विश्व योग च्याम्पियनसिपमा
काठमाडौँ, जेठ २८ । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी) का अध्यक्ष विनोद श्रेष्ठले नेपालमा
अधिवक्ता तारा निधि पन्त नेपालको अर्थतन्त्रमाथि छाया अर्थतन्त्र (Shadow Economy) को प्रभाव दिनप्रतिदिन गहिरिँदै गएको
काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय
काठमाडौँ, वैशाख २५ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जका तत्कालीन वरिष्ठ