न्यायपरिषद बैठकमा प्रधानमन्त्री देउवाको स्थान कहाँ ?

२७ जेठ, काठमाडौं । साँझ परिसकेपछि शुक्रबार बालुवाटारस्थित कायममुकायम प्रधानन्यायाधीश गोपाल पराजुलीको सरकारी निवासमा न्यायपरिषदका सदस्यहरु जम्मा भए । उनीहरु न्यायपरिषदको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवालाई कसरी राख्ने भन्ने छलफलमा केन्दि्रत थिए ।

नयाँ प्रधानन्यायाधीश छनोटका लागि संवैधानिक परिषदमा नाम पठाउनुपर्ने काम न्यायपरिषदमा बाँकी छ । निवर्तमान प्रधानन्यायाधीशले जाँदाजाँदै आफ्नो तर्फबाट ६ जना न्यायाधीशको नाम सिफारिस गरेकी छिन् । तर, न्यायपरिषदको बैठकै नराखी नाम पठाइएको भन्दै कार्कीको सिफारिसलाई न्यायपरिषदले चित्त बुझाएको छैन ।

संविधान अनुसार न्याय परिषदको अध्यक्ष प्रधानन्यायाधीश हुन्छन् । सदस्यहरुमा सर्वोच्चका बरिष्टतम न्यायाधीश, कानुनमन्त्री र अन्य दुई सदस्य (प्रधानमन्त्री र बारका प्रतिनिधि) रहने व्यवस्था छ ।

यो प्रावधान अनुसार अहिले कायममुकायम प्रधानन्यायाधीश गोपाल पराजुली न्याय परिषदका अध्यक्ष हुन् भने बारका तर्फबाट रामप्रसाद सिटौला र प्रधानमन्त्रीका तर्फटबाट मनोनित पदमप्रसाद बैदिक सदस्य छन् ।

सरकार परिवर्तनसँगै हाल कानूनमन्त्री नभएकाले न्याय परिषदको बैठकमा कानूनमन्त्री उपस्थित हुने कुरै भएन । तर, प्रधानमन्त्री शेरबहादुर देउवा आफैंले कानून मन्त्रालयको पनि जिम्मेवारी सम्हालेकाले देउवालाई न्याय परिषदको बैठकमा सहशभागी गराउनेबारे शुक्रबार साँझ बालुवाटारमा छलफल भएको हो ।

प्रोटोकोलको हिसाबले प्रधानन्यायाधीश भन्दा प्रधानमन्त्री माथि हुने भएकाले न्यायपरिषदको बैठकमा गरिने माइन्युटको सिरानमै प्रधानमन्त्रीको नाम लेख्नुपर्ने हो ।तर, न्यायपरिषदको अध्यक्ष प्रधानन्यायाधीश हुने भएकाले प्रधानमन्त्रीभन्दा प्रधानन्यायाधीश नाम माथि लेख्नुपर्ने हुन्छ ।

यसरी कानूनमन्त्रीको हैसियतमा प्रधानमन्त्रीलाई न्याय परिषदजको बैठकमा बोलाउँदा माइन्युट गर्ने बेलामै समस्या पर्न सक्ने परिषदका सदस्यहरुवीच छलफल भएको स्रोतले बतायो ।

अन्ततः यसको समाधानका लागि परिषदका पदाधिकारीले विगतमा माइन्युटहरु पल्टाएको र समाधान निकालेको स्रोतले अनलाइनखबरलाई बतायो । स्रोतले भन्यो- ‘विगतमा विश्वनाथ उपाध्याय प्रधानन्ययाधीश भएका बेलामा कानून मन्त्रालय तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले सम्हाल्नुभएको रहेछ र बैठकमा प्रधानन्यायाधीश र प्रधानमन्त्रीको नाम एउटै हरफमा लेखेर बैठक सञ्चालन गरिएको रहेछ ।’

त्यसैले अहिले पनि गोपाल पराजुली र शेरबहादुर देउवाको नाम एउटै हरफमा लेखेर न्यायपरिषदको बैठक बसाउन सकिने परिषदका सदस्यहरुले निश्कर्ष निकालेको स्रोतले बतायो ।

यसैवीच अब बस्ने परिषद बैठकले प्रधानन्यायाधीशका लागि योग्यता पुगेका सर्वोच्चका न्यायाधीशको नाम संवैधानिक परिषदको सचिवालयमा पठाउने भएको छ

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार: ९ स्थानीय तह र साझा यातायातबीच समझदारी

काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

सेना राजनीतिक विवादमा मुछिनु दुःखद् : ओली

  काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

पुनर्स्थापनामा केन्द्रित सरकार, ९३९ शव फेला

  काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट

भोटेकोशी बाढी: बेपत्ताको यकिन तथ्याङ्क आउन बाँकी, सञ्चार अवरुद्ध हुँदा उद्धार र पहिचानमा जटिलता

पीपुल नेपाल सम्बादाता भाद्र १४, काठमाडौँ । भोटेकोशीमा गत बुधबार बिहान आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन