
२२ जेठ , काठमाडौं । ३ वटा नमुना बस्ती निर्माण गरिसकेको ‘धुर्मुस-सुन्तली फाउन्डेशन’ले एउटा महत्वकांक्षी प्रोजेक्टको अवधारणा अगाडि सारेको छ ।
आज काठमाण्डौमा आयोजित कार्यक्रममा फाउन्डेशनका अध्यक्ष सिताराम कट्टेलले ५ अर्ब बजेटमा तयार हुने ‘नमुना नेपाल’को अवधारणा अगाडि सारेका हुन् ।
हिमाल, पहाड र तराइलाई एउटै स्थानमा चित्रित गर्दै बन्ने यो ‘नमुना नेपाल’ निर्माणमा सहयोग गर्न सितारामले सबैसँग आग्रह गरे । उनले भने-‘हामीलाई जग्गा उपलब्ध भएकै दिन हामी शिलन्यास गर्नेछौ ।
शिलन्यास गरेकै दिन कुन मितिमा निर्माण सम्पन्न हुनेछ भनेर पनि घोषणा गर्नेछौ ।’ ‘अब विश्वले चिन्नेछ नेपाल, नेपाल भित्रको नेपाल, नमुना नेपाल’ भन्ने मुल नारा लिएर यो प्रोजेक्ट निर्माणको अवधारणा अगाडि सारिएको हो ।
उनले सरकारको साथको अपेक्षा गर्दै भने-‘हामीलाई पूर्ण आशा छ, सरकारबाट पनि यो प्रोजेक्ट निर्माणमा साथ मिल्नेछ । यदि, मिलेन भने पनि हामी यो प्रोजेक्ट बनाएरै छाड्छौ ।’
सितारामले यो प्रोजेक्टले नेपालमा रहेको विभिन्न खालको विभेदको अन्त्य गर्ने समेत दाबी गरे । उनले भने-‘हरेक नेपालीले २ सयका दरले सहयोग गर्नुभयो भने पनि ६ अर्ब उठ्नेछ । विदेशमा रहने नेपालीले २ हजारका दरले सहयोग गर्नुभयो भने पनि ८ अर्ब बढी रकम उठ्नेछ । हामीलाई विश्वास छ, सबैको सहयोग हामीले पाउँनेछौ ।’
‘नमुना नेपाल’मा हिमाल, पहाड र तराइका आर्थिक अवस्था कमजोर भएका जनताको पहिचान गरि उनीहरुलाई राखिने उनको भनाई थियो । साथमा, उनले नेपाल आएर सबै स्थान घुम्न नसकेका पर्यटकले पनि ‘नमुना नेपाल’ भ्रमण गरेपछि सिंगो नेपाल घुमेको अनुभव गर्ने सुनाए ।
‘नमुना नेपाल’ भित्र वुद्धको जन्मस्थान लुम्बिनीदेखि हिमाल, मोनो रेले, गुब्बा, स्तुपा, खेल मैदान, विद्यालय, संग्राहलय सबै हुनेछ ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै ‘धुर्मुस-सुन्तली’ फाउन्डेशनकी सदस्य कुञ्जना घिमिरेले भनिन्-‘यो मैले केही बर्ष अगाडि देखेको सपना हो । अहिले, यो सपना साकार हुँदै गएको महशुश गरेकी छु ।’
उनले आफ्नी सानी छोरीले पनि नेपाल आमाको सेवा गरुन् भन्ने चाहना व्यक्त गरेकी थिइन् ।
वाशिङ्टन डिसी (अमेरिका), असोज ३० गते । विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहनुभएका अर्थमन्त्री
काठमाडौँ, असोज १२ ।नेपाल विद्युत प्राधिकरण (नेपा) ले २४ वटा सौर्य ऊर्जा आयोजनासँग विद्युत खरिद
काठमाडौं, असोज १० (शुक्रबार)। अर्थ मन्त्रालयमा आज स्थानीय दातृ निकाय र अन्तर्राष्ट्रिय साझेदार निकायका प्रमुखहरूसँग
काठमाडौँ, भदौ ३ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी तथा उद्यम गर्न कुनै अवरोध
काठमाडौँ, असार २७ — नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लचिलो र
काठमाडौँ, जेठ २७ – उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले ल्याएको बजेट आर्थिक सुधारको