यस्तो छ एमालेले देउवालाई प्रधानमन्त्री हुन नदिने अभियान (भिडियो)

२१ जेठ, काठमाडौं । नयाँ प्रधानमन्त्रीको निर्वाचनका लागि संसद अवरोध खोल्नु अघि प्रमुख प्रतिपक्षी नेकपा एमालेले सर्वोच्च अदालतको फैसला पर्खने भएको छ । आज प्रधानमन्त्रीको निर्वाचनको तालिका तोकिएको भएपनि एमालेकै आग्रहमा संसद बैठक पर्सीसम्मका लागि स्थगित गरियो ।

बैठक पर्सीसम्म स्थगित गर्नुको कराण हो, चितवन घटनाका बारेमा निर्वाचन आयोगले गरेको निर्णय विरुद्ध सर्र्वोच्चले भोलीका लागि पेशी तोक्नु । यसको सिधा बुझाई हो, भोली सर्वोच्चले एमालेको पक्षमा अर्थात भरतपुर १९ को मतगणना पुनः सञ्चालन गर्ने फैसला गरेमा एमालेले पर्सीको संसद बैठकमा अवरोध खोल्छ र शेरबहादुर देउवा प्रधानमन्त्री बन्छन्, अन्यथा एमालेको अवरोध जारी रहनेछ र देउवाको सत्तारोहण अझै लम्बिने छ ।

आज बिहान ११ बजेका लागि संसद बैठकमा प्रधानमन्त्रीको निर्वाचन गर्ने तालिका थियो । तर छलफलका लागि भन्दै बैठक ३ बजेसम्मका लागि स्थगित गरियो र प्रमुख दलका नेताहरु छलफलमा जुटे ।

जहाँ सर्वोच्चले चितवन घटनाका बारेमा निर्वाचन आयोगको निर्णय विरुद्ध भोलीका लागि पेशी तोकेको जानकारी पाएको एमाले आफैले थप दुई दिन छलफल गर्नका लागि भन्दै संसद बैठक स्थगित गर्न माग गरयो ।

तर कांग्रेस संसदीय दलका प्रमुख सचेतक चिनकाजी श्रेष्ठ पर्सीको बैठकबाट आफ्नो पार्टीका सभापति देउवा प्रधानमन्त्री हुनेमा ढुक्क रहन आग्रह गर्छन । तर एमालेको छाँट त्यस्तो छैन । एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पर्सीसम्म दलहरुको बीचमा रहेका आशंका हटाउन प्रयत्न गर्ने बताउँछन् । दलहरुको आशंका र अविश्वास त्यति छिटै हट्लान भन्ने बलियो आधार पनि देखिएको छैन ।

बैठकपछि एमाले संसदीय दलका उपनेता शुवासचन्द्र नेम्वाङ विभिन्न पक्षसँग छलफल गरी सहमतिको प्रयास गर्ने बताउँछन् ।
यस्तो छ देउवालाई रोक्ने अभियानः

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि