
२१ जेठ, काठमाडौं । व्यवस्थापिका संसद्ले नयाँ प्रधानमन्त्रीको निर्वाचन आजका लागि तय गरेको छ । तर, दोस्रो ठूलो नेकपा एमालेले भरतपुरमा पुनः मतदान गर्ने आयोगको निर्णयमा असन्तुष्टि जनाउँदै संसद्मा अवरोध जारी राख्ने निर्णय गरेको छ । यस्तो अवस्थामा आइतबारका लागि तोकिएको प्रधानमन्त्री निर्वाचन अन्योलमा छ ।
संविधान तथा नियमावलीका आधारमा सभामुख ओनसरी घर्तीलाई संसदको प्रक्रिया अगाडि बढाउने अधिकार छ । बैठकको विषयमा सभामुख आफैंले निर्णय लिन सक्नेछिन् ।
संसद्का कानूनी सल्लाहकार अर्जुनकुमार खड्काले विपक्षीहरुले संसद् चल्नै नदिई अवरोध पुर्याएमा सभामुखले बैठक सञ्चालनमा के गर्ने भन्ने उपयुक्त निर्णय लिन सक्ने बताए ।
विपक्षीहरुको अवरोधबीच सभामुखले प्रक्रिया अगाडि बढाउन पनि सक्छिन् । तर, यसो गर्दा अप्रिय घटनासमेत हुने सम्भावना रहन्छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका
असोज, ३ काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी
काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार
काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले
काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट
पीपुल नेपाल सम्बादाता भाद्र १४, काठमाडौँ । भोटेकोशीमा गत बुधबार बिहान आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन