काठमाडौं, जेठ २०– नेकपा एमालेले निर्वाचन आयोगले चितवनको भरतपुर महानगरपालिकाको बडा नम्बर १९ मा पुनः मतदान गर्ने निर्णय गरेकोमा एमालेले आपत्ति जनाएको छ । एमाले सचिव गोपकर्ण विष्टले आयोगले विधि र प्रक्रियाको बर्खिलाप हुनेगरी निर्णय गरेको दाबी गर्दै सो निर्णय एमालेले कुनै पनि हालतमा स्वीकार नगर्ने बताए ।
‘संविधान विधि र निर्वाचन ऐनले समेत मेल नखाने गरी आयोगले जुन प्रकारको निर्णय गर्यो त्यसले एमालेलाई स्तब्ध बनाएको छ’, विष्टले भने, ‘ यो प्रकारको निर्णयले निर्वाचन आयोगको स्वतन्त्र भूमिकामा समेत प्रश्न चिन्ह खडा भएको छ।’
स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ५० को उपदफा १ को खण्ड ख बमोजिम मतगणना स्थलको अनाधिकृत कब्जा भएको पुष्टि हुन आएको आयोगले बताएपनि भरतपुरमा त्यस्तो अवस्थै नदेखिएको उनको दाबी थियो ।
यसअघि एमाले स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै एमाले अध्यक्ष केपी शर्मा ओलीले पुन मतदान गर्ने निर्णय भए पार्टीले त्यसको प्रतिकार गर्ने बताएका थिए ।
एमालेले १४ गते राती भएको घटनालगत्तै तत्काल पुन मतगणना गर्न आग्रह गर्दै आएको थियो भने सोहि माग पूरा गर्न दवाव दिन पटक पटक संसद अवरुद्ध पार्दै आएको थियो ।
आयोगको निर्णयसँगै एमालेले भोलि प्रधानमन्त्री चयनका लागि बस्ने संसद बैठक पनि अवरुद्ध पार्ने तयारी गरेको बुझिएको छ ।
काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका
असोज, ३ काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी
काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार
काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले
काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट
पीपुल नेपाल सम्बादाता भाद्र १४, काठमाडौँ । भोटेकोशीमा गत बुधबार बिहान आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन