चुनावका दिन पर्यटन बोर्डले बस सेवा दिने


२९ बैशाख काठमाडौं । बैशाख ३१ गते चुनावका दिन पर्यटकलाई सेवा दिनको लागि नेपाल टुरिजम बोर्डले उपत्यकामा बस सेवा सञ्चालन गर्ने भएको छ ।

नेपाल टुरिजम बोर्डका प्रवक्ता शरद प्रधानका अनुसार पर्यटकलाई आवागमनमा बाधा नपुगोस् भनेर टुरीजम बोर्डले बस सञ्चालन गर्न लागेको हो । सार्वजनिक यातायातका सवारी साधनलाई भाडामा लिएर उक्त दिन बस सञ्चालन गर्न लागिएको प्रधान बताउँछन् ।

उनकाअनुसार बोर्डले चुनावको दिनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि काठमाडौं र ललितपुरका विभिन्न होटलसम्म पुर्‍याइदिने तथा ल्याइदिने व्यवस्था गर्न लागेको छ ।

प्रवक्ता प्रधान भन्छन् ‘ पर्यटकको आवागमनमा बाधा नपुगोस् भनेर चुनावको दिन हामी बिहान ५ बजेदेखि बेलुका ६ बजेसम्म बस चलाउने छौ ।’

बोर्डले यो सेवा पर्यटन प्रहरीसँग सहकार्य गरेर गर्न लागेको छ । यो सेवा लिनको लागि सिधै ११४४ मा फोन गरि बस सञ्चालनको जानकारी समेत लिन सक्ने जनाएको छ ।

बोर्डले चुनावको दिनमा तीन रुटमा बस सञ्चालन गर्न लागेको छ । रुट एक अन्र्तगत एयरपोर्टदेखि एनएससी­- न्युरोड-­ होटल­ अन्नपूर्ण-होटल याक एण्ड यति-­ठमेल चोक ­लैनचोर ­चौक-­होटल शंकर हुँदै एयरपोर्टसम्म बस सञ्चालन हुनेछ ।

त्यस्तै रुट दुई अन्र्तगत भने एयरपोर्टबाट होटल सांग्रिला­- नारायण गोपाल चोक­- महाराजगञ्ज चोक-­हृयात रिजेन्सी-चावाहिल चोक-­होटल द्वारिका हुँदै पुन एयरपोर्टसम्म पुग्ने टुरिजम बोर्डले जनाएको छ ।

त्यस्तै रुट तीन अन्र्तगत भने एयरपोर्टदेखि तीनकुने- होटल एभरेष्ट- माइतीघर होटल-हिमालय सेन्ट जेभियर्स- स्कुल होटल- सोल्टी ग्राण्ड होटल हुँदै एयरपोर्टसम्म बस सञ्चालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार: ९ स्थानीय तह र साझा यातायातबीच समझदारी

काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

सेना राजनीतिक विवादमा मुछिनु दुःखद् : ओली

  काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

पुनर्स्थापनामा केन्द्रित सरकार, ९३९ शव फेला

  काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट

भोटेकोशी बाढी: बेपत्ताको यकिन तथ्याङ्क आउन बाँकी, सञ्चार अवरुद्ध हुँदा उद्धार र पहिचानमा जटिलता

पीपुल नेपाल सम्बादाता भाद्र १४, काठमाडौँ । भोटेकोशीमा गत बुधबार बिहान आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन