
काठमाडौँ, चैत ७ – सगरमाथाको चर्चित विशेषता मध्ये एक रहेको ‘हिलारी स्टेप’ भत्किएको छ । यसले विश्वको सर्वोच्च शिखरको आरोहणलाई थप जटिल बनाएको छ ।
पर्वतारोहीहरुले गोरखा भूकम्पका कारण यो भत्किएको हुन सक्ने बताएका छन् ।
१२ मिटर अग्लो चट्टानी भूभाग सगरमाथाको दक्षिणपूर्वी भागमा रहेको थियो । सगरमाथाको आरोहणअघि यसलाई अन्तिम चुनौती मानिन्थ्यो ।
सन् १९५३ मा सगरमाथाको पहिलो पटक सफल आरोहण गर्ने सर एडमण्ड हिलरीको नाममा यसको नामाकरण गरिएको थियो ।
गत मे १६ मा सगरमाथाको आरोहण गरेका बेलायती पर्वतारोही टिम मोसेडेलले हिलारी स्टेप भत्किएको पुष्टि गरे ।
आफ्नो फेसबुकमा उनले लेखेका छन्, ‘यो आधिकारिक भयो, अब हिलारी स्टेप रहेन ।’
सन् २०१६ को मेमा अमेरिकन हिमालयन फाउन्डेसनले जारी गरेको तस्विरमा हिलारी स्टेपको स्वरुप बद्लिएको पाइएको थियो । तर, अत्याधिक हिमपातका कारण त्यो पुष्टि गर्न गाह्रो थियो ।
‘यसबारे अघिल्लो वर्ष नै जानकारी आएको थियो । अघिल्लो वर्ष पनि सगरमाथाको आरोहण गर्दा हिउँका कारण त्यो पत्ता लगाउन सकिएन,’ मोसेडेलले लेखेका छन्, ‘तर यो वर्ष भने म भन्न सक्छु । हिलारी स्टेप अब रहेन ।’
पर्वतारोहीहरुले भिरालो चट्टानहरु चढ्नभन्दा हिउँले भरिएको भिर चढ्न सजिलो भएको बताए पनि कम अक्सिजन र शीतदंशजस्ता समस्यासँग जुझिरहेकाहरुका लागि यो कठिन हुने बताउँछन् ।
सन् २०१२ मा बिबिसीसँग् कुरा गर्दै बेलायती पर्वतारोही सर क्रिस बोनिङटनले स्टेपमा अड्किनु ठूलो खतरा हुने बताएका थिए ।
‘यदी दिन राम्रो छ भने शिखरभन्दा केही तल हिलारी स्टेप एक वा दुई घण्टा अल्झियौँ भने पनि केही छैन,’ उनले भनेका थिए, ‘तर यदी मौसम खराब हुँदैछ भने दुई घण्टा रोकिनु जीवन मरणको सवाल बन्न सक्छ ।’
काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका
असोज, ३ काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी
काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार
काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले
काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट
पीपुल नेपाल सम्बादाता भाद्र १४, काठमाडौँ । भोटेकोशीमा गत बुधबार बिहान आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन