प्रचण्डले भोलि देलान् पदबाट राजीनामा ?

काठमाडौ, जेठ ७ –प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ दल नेपाली कांग्रेससँगको पूर्व सहमतिअनुसार भोलि पदबाट राजीनामा दिने तयारी गरेका छन् ।

प्रधानमन्त्री निकट श्रोतका प्रधानमन्त्री प्रचण्डले भोलि बस्ने संसद बैठकमा सम्बोधन गरेर पदबाट राजिनामा मनस्थिति बनाएका हुन् । राजीनामाका विषयमा कांग्रेस सभापति शेरबहादुर देउवासँग कुराकानी भइरहेको र देउवाले केहि दिन पर्खिन आग्रह गरेको खण्डमा भने उनको राजीनामा केहि पर सर्नेछ । संसद बैठक सोमबारका लागि बोलाइएको छ ।
गत बर्ष साउन १९ गते दोस्रो पटक प्रधानमन्त्रीका रुपमा निर्वाचित दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवावीच स्थानीय तहको निर्वाचनपछि देउवालाई सरकारको नेतृत्व हस्तान्तरण गर्ने भद्र सहमति भएको थियो ।
त्यहि सहमति अनुसार स्थानीय तहको निर्वाचन सम्पन्न भैसकेको र अर्को चरणका लागि जेठ ३१ का लागि समेत मिति तोकिसकिएकाले सहमतिको कार्यान्वयन गर्दै प्रचण्डले राजिनामा दिन दिने तयारीमा जुटेका हुन् ।
पछिल्लो पटक झन्डै साढे नौ महिना सरकार चलाएका प्रचण्ड कार्यकालमा २० बर्षपछि स्थानीय तहको निर्वाचन गर्नसक्नु नै सबैभन्दा ठुलो उपलव्धिका रुपमा हेरिएको छ ।
त्यस्तै प्रचण्ड कार्यकालमै मुलुककै प्रतिष्ठाको विषय बनेको काठमाडौ तराई फास्टट्रयाक नेपाल आफैले बनाउने योजना अनुसार नेपाली सेनालाई जिम्मा दिइसकेको छ ।
प्रचण्ड नेतृत्वको सरकारका पालामा धेरै सकारात्मक काम भएपनि केही काम र निर्णय भने विवादरहित बन्न सकेनन् । आइजीपी नियुक्ति, प्रधानन्यायाधीशमाथिको महाअभियोग प्रस्ताव दर्ता, प्रतिपक्षीको सहमतिविनै संविधान संशोधनको प्रयास लगायतका विषय भने प्रचण्ड कार्यकालका लागि आलोचनाका विषय बन्न पुगे ।
यद्यपी मधेस केन्द्रीत दलहरुको दवाव र प्रतिपक्ष एमालेको असहयोगकाबीच प्रधानमन्त्री दहालको साढे नौ महिने कार्यकालमा अन्य धेरै सकारात्मक कामहरु नभएका भने होइनन् । मुलुकबाट लोडसेडिङको अन्त्य गर्नु प्रचण्ड नेतृत्व सरकारको अर्को महत्वपुर्ण उपलव्धिका रुपमा रहेको छ ।
प्रचण्डले आफ्नो कार्यकालमा भएगरेका यिनै कार्यप्रगति संसदमा जानकारी गराउने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार: ९ स्थानीय तह र साझा यातायातबीच समझदारी

काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

सेना राजनीतिक विवादमा मुछिनु दुःखद् : ओली

  काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

पुनर्स्थापनामा केन्द्रित सरकार, ९३९ शव फेला

  काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट

भोटेकोशी बाढी: बेपत्ताको यकिन तथ्याङ्क आउन बाँकी, सञ्चार अवरुद्ध हुँदा उद्धार र पहिचानमा जटिलता

पीपुल नेपाल सम्बादाता भाद्र १४, काठमाडौँ । भोटेकोशीमा गत बुधबार बिहान आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन