त्रिभुवन विमानस्थलको विकल्पमा डोमेस्टिक एयरपोर्ट काभ्रेको ठूलीचौरमा

tia-airport-runway-overviewनेपाल नागरिक उडड्यन प्राधिकरणले काठमाडौंमा सेवा केन्द्रित गरेका साना जहाजहरुको उडान-अवतरणमा त्रिभुवन विमानस्थलको विकल्पमा काभ्रेको ठूलीचौरमा अर्को आन्तरिक विमानस्थल बनाउन प्रक्रिया सुरु गरेको हो ।

यसका लागि पूर्व सम्भाब्यता अध्ययन (प्रि-फिजिबिलिटी स्टडी) गरिसकेको प्राधिकरणका महाप्रवन्धक सञ्जीव गौतमले अनलाइनखबरसँग बताए । अब विस्तृत सम्भाब्यता अध्ययनका लागि प्राधिकरणले केही हप्ताभित्रै टेण्डर आह्वान गर्नेछ ।

यसमार्फत परामर्शदाता छनौट गरेर ठूलीचौरमा डोमेस्टिक एयरपोर्ट निर्माणका लागि काम सुरु गर्ने योजना उडड्यन प्राधिकरणको छ ।

‘अब स्थानीय सरकार गठन हुनासाथ हामी स्थानीय रुपमा लिनुपर्ने अनुमति र समन्वयको काम टुंग्याउँछौं’ गौतमले भने,’त्यसपछि साना विमानमार्फत हुने आन्तरिक उडानलाई हामी त्यता नै लैजाने गरी निर्माण थाल्छौं ।’

काठमाडौंबाट हुने सबै उडान त्रिभुवन एयरपोर्टबाटै गर्नु पर्दा एयर ट्राफिक बढ्दो छ । त्यसैकारण विमानलाई आकाशमै होल्ड गरिराख्नु पर्ने बाध्यता छ ।

दैनिक ३५० वटासम्म उडान भर्ने त्रिभुवन विमानस्थलको ३५ प्रतिशत उडान साना विमानहरुले पहाडी क्षेत्रमा केन्द्रित गर्दै भर्छन् । अब बन्ने नयाँ आन्तरिक विमानस्थललाई यस्तै साना विमानका लागि उपयाग गर्ने योजना बनाइएको छ । टि्वनअटर, ड्रोनियर, एलईटी लगायत विमान लाई ठूलीचौरबाट उडाउने योजना बनेको छ । यस्तो विमानले प्रायः पहाडी क्षेत्रका विमानस्थलमा उडान भर्छन् ।

‘ठूली चौरमा ८ सय मटरको मात्रै रन-वे बन्ने देखिएको छ । यो रन-वे भनेको साना विमानका लागि उपयुक्त हुन्छ’ गौतमले भने,’ निर्माणपछि साना विमानलाई अब सो विमानस्थलमा पठाउँछौं ।’

उनकाअनुसार आन्तरिक तर्फउडान भर्ने ठूला विमानलाई भने काठमाडौंबाटै उडाइनेछ । प्राधिकरणको प्रारम्भिक अध्ययनमा ठूलीचौरमा विमानस्थल बनाउने ठाउँमा अधिकतम् सरकारी जग्गा उपलब्ध छ ।

धुलिखेलका ३ किलोमिटरमा रहेको ठूलीचौरमा विमानस्थल बने बनेपा र धुलिखेलको पर्यटनमा थप वृद्धि हुने गौतमले बताए । होटल ब्यवसाय फस्टाएको यो स्थानमा आन्तरिक विमानस्थल निर्माण भए यसले थप आर्थिक गतिबिधि बढाउने देखिएको छ ।

यसअघि पाँचखालमा विमानस्थल बनाउने भनिएपनि प्राविधिक रुपमा अप्ठरो पर्ने निश्कर्ष निकालिएको थियो । ठूलीचौर भने उपयुक्त स्थानका रुपमा पहिचान भएकाले त्यहाँ नै विमानस्थल बनाउन प्रक्रिया अघि बढाउन लागिएको हो ।

– See more at: http://karnalikhabar.com/news/30294.html#sthash.pmnsWt0y.dpuf

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार: ९ स्थानीय तह र साझा यातायातबीच समझदारी

काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

सेना राजनीतिक विवादमा मुछिनु दुःखद् : ओली

  काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

पुनर्स्थापनामा केन्द्रित सरकार, ९३९ शव फेला

  काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट

भोटेकोशी बाढी: बेपत्ताको यकिन तथ्याङ्क आउन बाँकी, सञ्चार अवरुद्ध हुँदा उद्धार र पहिचानमा जटिलता

पीपुल नेपाल सम्बादाता भाद्र १४, काठमाडौँ । भोटेकोशीमा गत बुधबार बिहान आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन